प्रि ओपन सेसन अपडेटः ५.१७ अंक बढ्यो नेप्से

Jan 13, 2022 10:51 AM Merolagani



साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ५.१७ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात बुधबार ३०.५१ अंक घटेर २८०३.६२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ५.१७ अंक बढेर २८०८.८० विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.३५ अंक बढेको छ।

बिहीबार प्रि ओपन सेसनमा १४ कम्पनीको ४८ लाख ७७ हजार २८३ रुपैयाँ बराबरको १० हजार ७६६ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ८ कम्पनीको शेयरमूल्य बढेको छ भने ३ कम्पनीको घटेको छ। बाँकी ३ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।