प्रिमियर इन्स्योरेन्सको लाभांश संशोधन, १४ प्रतिशत बोनस दिने

Jan 13, 2022 10:53 AM Merolagani



प्रिमियर इन्स्योरेन्स (PIC) ले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई १४ प्रतिशत बोनश वितरण गर्ने भएको छ।

यसअघि ७.५ प्रतिशत नगद र ७.५ प्रतिशत बोनस गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको कम्पनीले बीमा समितिले नगद वितरणमा रोक लगाएपछि नगद हटाएर बोनस वितरण गर्ने प्रस्ताव अघि सारेको हो।

कम्पनीको सञ्चालक समितिको बैठकले १४.२५ प्रतिशत बोनस र कर प्रयोजनको लामगि ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

लाभांश वितरण प्रयोजनको लागि कम्पनीले माघ ५ गतेदेखि २१ गतेसम्मको लागि बुकक्लोज गर्ने जनाएको छ। माघ ४ गतेसम्म् कायम शेयरधनीले मात्रै कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन्।

उक्त लाभांश वितरण गर्न कम्पनीले माघ २१ गते २८ औ वार्षिक साधारणसभा आह्वान गरेको छ।




१९ कम्पनीले गरे लाभांश घोषणा, कुन कम्पनीको शेयर किन्दा अझै पाइन्छ लाभांश ?

Oct 08, 2025 06:00 PM

साधारणतया आर्थिक वर्ष सकेपछिकाे पहिलो ६ महिना सूचीकृत कम्पनीहरुले आफ्नो गच्छेअनुसार लाभांश बाँड्ने समय हो । कम्पनीहरुले पुस मसान्त अगाडि नै साधारण सभा गर्ने हुँदा त्यस अगाडि चौथो त्रैमासिक वित्तीय विवरण विश्लेषण गरेर लगानी गर्ने गर्दछन् ।