नबिल बैंकले एनबी बैंकलाई एक्वायर गर्ने सम्झौता

Jan 13, 2022 06:47 PM MeroLagani



नबिल बैंकले नेपाल बंगलादेश(एनबी) बैंकलाई एक्विजेशन गर्ने सम्झौता गरेकाे छ । उक्त सम्झौतामा दुबै पक्षले हस्ताक्षर गरेका छन् ।


नबिल बैंकले एनबी बैंकलाई प्राप्ति गर्ने विषयमा विगत केही हप्तादेखि बाक्लो छलफल भइरहेको थियाे। एनबी बैंकको सञ्चालक समिति बैठकले नबिल बैंकसँग एक्विजिसनमा जाने विषय पारित गरिसकेको छ भने नबिल बैंकले पनि सो विषयलाई पारित गरिसकेको छ । एक्विजेशनपछि बैंकले नबिल बैंककै नाममा कारोबार गर्नेछ । एनबी बैंकको एक सय कित्ता बराबर ४३ कित्ता हुने गरेर स्वाप रेसियो निर्धारण गरिएको छ । सम्पत्ति र दायित्वको मूल्यांकन(डीडीए) रिपोर्टमा १० प्रतिशत तलमाथि भएमा पनि त्यही स्वाप अनुपात कायम गर्ने सहमति भएको छ ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।