विशाल बजार कम्पनीको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल

Jan 13, 2022 06:07 PM Merolagani



प्रभु क्यापिटल लिमिटेड विशाल बजार कम्पनी लिमिटेडको शेयर रजिष्ट्रारमा नियुक्त भएको छ । शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि विशाल बजार कम्पनी लिमिटेड र प्रभु क्यापिटल लिमिटेड बीच सम्झौता भएको हो ।

सम्झौतामा विशाल बजार कम्पनी लिमिटेडका तर्फबाट प्रवन्ध सञ्चालक गगनबहादुर बि.के.र प्रभु क्यापिटलको तर्फबाट प्रमुख व्यापार अधिकृत बासु थपलियाले हस्ताक्षर गरे ।

२०७८ माघ १ गतेदेखि लागू हुने गरी विशालबजार कम्पनी लिमिटेडले प्रभु क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।

शेयर राजिष्ट्रारको रुपमा प्रभु क्यापिटलले विशालबजार कम्पनी लिमिटेडको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, नामसारीतथा रोक्का राख्ने एवं शेयरधनीहरुको लगत अद्यावधिक गर्ने लगायतका कार्यहरु गर्ने छ ।




वाणिज्य बैंकहरुले चैत महिनाका लागि पनि घटाए ब्याजदर, कुन बैंकको ब्याजदर कति?

Mar 14, 2026 10:40 AM

वाणिज्य बैंकहरुले चैत महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्। प्रकाशित सूचना अनुसार बैंकहरुको अधिकतम औषत ब्याजदर फागुन महिनाको तुलनामा घटेको छ।