एक लाख रुपैयाँसम्मको ल्यापटप किन्ने सोच्दै हुनुहुन्छ ? यस्ता छन् चार विकल्प

Jan 15, 2022 07:00 PM Merolagani



कोरोना महामारीको तेस्रो लहर नेपालमा फैलिने क्रम बढ्दो छ । कोरोना बढेसँगै पुनः वर्क फ्रम होमले प्रथामिकता पाउन थालिसकेको छ ।

सबै क्रियाकलाप अनलाइन मार्फत नै हुने भएपछि कोरोना बढेसँग डिजिटल डिभाइसहरु (मोबाइल, ल्यापटप, ट्याब) लगाएतका समाग्रीको आयात र ब्यापार बढिरहेको छ । घरबाटै सबै काम गर्नुपर्ने भएपछि प्रत्येक व्यक्तिसँग एक ल्यापटप अनिवार्य जस्तै भइसकेको छ ।

यस्तो अवस्थामा बजारमा धेरै कम्पनी विभिन्न मोडलमा ल्यापटक पाइने गरेको छ । तर, कुन ल्यापटक राम्रो र कुन ल्यापटप उपयुक्त भन्ने बिषयमा ग्राहकलाई ज्ञान नहुँदा आफुले खोजेजस्तो ल्यापटप नपाइने र ग्राहक अन्योलमा पर्ने गरेको पाइन्छ ।

ल्यापटप किन्दा कुन प्रयोजनका लागि किन्ने भन्ने बिषयपनि महत्वपूर्ण हुन्छ । जस्तो गेमिङ,ग्राफिक डिजाइन लगाएतका कार्यहरु गर्न साना बजेटका ल्यापटपल हुँदैन । त्यसैले पनि उत्कृष्ट ब्याट्री व्याकअप,प्रफमेन्स, प्रोसेसर भएको एक लाख मूल्य तलका ल्यापटपको बारेमा चर्चा गर्दै छौं ।

डेल इन्सपीरोन ३५११ (Dell Inspiron 3511)

उत्कृष्ट प्रफमेन्स, ब्याट्री व्याक अप र फिचर सहितको ल्यापटप खोज्नेको रोजाइमा पर्ने डेल इन्सपीरोन ३५११ पनि हो । इन्टेल कोर आई फाइभ ११३५ जी ७ प्रोसेसर भएको यो ल्यापटकको टर्बो स्पीड ४.२ गिगाहर्ज रहेको छ ।

८ जीबी र्याम र ५१२ जीबी एसएसडी स्टोरेज दिइएको डेल इन्सपीरोनमा

एनभिडिए एमएक्स २३० ग्राफिक्स मार्फत २ जीबीमा जीडीडी आर ५ मेमोरी राखिएको छ ।

१.८ केजी तौल , १५.६ इन्चको डिस्प्ले, फुलसाइज किबोर्ड, थ्रि सेल ४२ वाट ब्याट्री यो ल्यापटपको मुख्य बिशेषता हो ।

नेपाली बजारमा यो ल्यापटपको मुल्य ९९ हजार तोकिएको छ ।

 

एसर स्वीफ्ट ३(Acer Swift 3 2021) 

 

त्यसैगरी एक लाख तलको ल्यापटप मध्य सबैभन्दा बढी रोजाइमा परेको र प्रफमेन्स राम्रो भएको ल्यापटप हो एसर स्वीफ्ट ३ । ८ जीबी र्याम र ५१२ जीबी इन्टरनल स्टोरेज दिइएको यो ल्यापटपमा बायोमेट्रिक फिङ्गर प्रिन्टपनि दिइएको छ ।

१४ इन्चको आईपीएस डिस्प्ले, १.२ केजी तैाल, १६ः९ एस्पेक्ट रेसियो, एएमडी रेजिन ५ ५००यू , ४.० गिगाहर्ज प्रोसेसर ४८ वाटको ब्याट्री यो ल्यापटपको प्रमुख बिशेषता हुन । हाल नेपाली बजारमा एसर स्वीफ्ट ३ (Acer Swift 3 2021को मुल्य ९४ हजार रहेको छ ।

 

 

 

 

 

लेनेभो आईडिया प्याड ५ (Lenovo Ideapad 5 2021)

लेनेभो आईडिया प्याड ५ पनि एक लाख भन्दा तलको उत्कृष्ट ल्यापटप हो । ८ जीबी र्याम र ५१२ जीबी स्टोरेज भएको यो ल्यापटपको १.७ केजी तौल रहेको छ । यो ल्यापटपमा भएको ५७ डब्ल्यु एच ब्याट्रीले ८ घण्टासम्म टिक्ने जनाइएको छ ।

इन्टेलल कोर आई फाइब ११३५जी ७मा आधारित प्रोसेसर दिइएको यो लेनेभो ल्यापटपमा उत्कृष्ट अडियो स्पिकरपनि छ ।

नेपाली बजारमा लेनेभो आईडिया प्याड ५को मुल्य ९५ हजार तोकिएको छ ।

 

 

 

आसुुस भिभोबुक १४ एक्स ४१५ ई ए(Asus Vivobook 14 X415EA)

एसुुस भिभोबुक नेपाली बजारमा आएको मध्य बजेट मुल्यको ल्यापटप हो । उत्कृष्ट डिजाइन र पर्फमेन्सको कारण ग्राहकको रोजाइमा पनि परेको छ ।

१४ इन्ची आपीएस प्यानल इन्टेल कोर आई फाइब ११३५जी ७ सीपीयू दिइएको यो ल्यापटपमा ८ जीबी र्याम र २५६ जीबीको इन्टरनल स्टोरेज समेत उपलब्ध छन ।

उत्कृष्ट ३ सेल ३७ वाट ब्याट्रीपनि यो ल्यापटपमा दिइएको छ ।

नेपाली बजारमा आसुुस भिभोबुक ४ एक्स ४१५ ईएको मूल्य ९३ हजार रुपैयाँ रहेको छ ।




comments powered by Disqus

ब्रोकर भन्छन-'सबैको माग पुरा भयो, अब बजार बढ्छ', कारोबार रकम घट्नुको कारण भने यस्तो

Sep 30, 2024 06:11 PM

सुवास निरौला

सोमबार शेयर बजारको कारोबार मापक सूचक फराकिलो अंकले बढेपछि दोस्रो बजारमा पुनः शेयर बजार बढ्ने अनुमान आउन थालेका छन्। दोस्रो बजारमा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै आएका ब्रोकर कम्पनीहरूले बजार बढ्ने प्रक्षेपण गर्न थालेका छन्।