एफएनसीसीआईले भन्यो ‘बतास अर्गनाइजेसन माथिको प्रहारले निजी क्षेत्रको मनोबल गिराउने प्रयास भयो’

Jan 14, 2022 03:30 PM Merolagani



नेपाल उद्योग वाणिज्य महासंघले बतास अर्गनाइजेसन माथि निरन्तर प्रहार गरेर सरकारले निजी क्षेत्रको मनोबल गिराउने काम गरेको बताएको छ ।

नारायणहिटी संग्रहालयमा क्याप्टेरिया संचालन सम्वन्धि विवादमा बतास अर्गनाइजेसनमाथि भइरहेको एकतर्फी प्रहारप्रति सरकारलाई नेपाल उद्योग वाणिज्य महासंघले गम्भीर ध्यानाकर्षण गराएको हो । ।

बतास अर्गनाइजेसनले सरकारले आव्हान गरेको टेन्डरमा कानूनी रुपमा सहभागी भई आवश्यक भाडा बुझाउने शर्तमा क्याप्टेरिया संचालनको अनुमति पाएको एफएनसीसीआईको बिज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ ‘सरकारी निकायले अनुमति दिएकोमा स्वभाविक रूपमा निजी क्षेत्रले व्यवसाय गर्न खोज्नु कुनै गैर कानुनी र आपराधिक गतिविधि नभएकोतर्फ महासंघ सबैको ध्यानाकर्षण गराउन चाहान्छ’ । ।

संचारमाध्यममा आएका समाचारकै भरमा, स्पष्टिकरणको मौकासमेत नदिई निर्माणाधीन संरचना भत्काइनु कदापि न्याय संगत नभएको महासंघको भनाई छ ।

सरकारी स्रोतमा व्यवसाय गर्न अनुमति दिइसकेको सन्दर्भमा एकतर्फीरुपमा व्यवसायीलाई मात्र दोष दिएर निजी क्षेत्रको मनोबल गिराउन भइरहेका गतिविधिले मुलुकमा लगानी नहुने र यसले रोजगारीमा समेत गम्भीर असर पर्न जाने एफएनसीसीआईको तर्क छ ।




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।