आईपीओ निष्काशनको अनुमति माग्दै रसुवागढी र पिपुल्स पावर धितोपत्र बोर्ड पुगे

Jan 14, 2022 05:55 PM Merolagani



सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनको अनुमति माग्दै रसुवागढी हाइड्रोपावर (RHPL) र पिपुल्स पावर नेपाल धितोपत्र बोर्ड पुगेका छन् ।

रसुवागढी हाइड्रोपावरले आयोजना प्रभावित रसुवा जिल्लाका स्थानियको लागि ६८ करोड ४२ लाख १० हजार रुपैयाँ बराबरको ६८ लाख ४२ हजार १०० कित्ता शेयर निष्काशनको लागि अनुमति माग्दै बोर्डमा आवेदन दिएको हो ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।

रसुवागढी हाइड्रोपावरले सर्वसाधारणको लागि भने यस अघिनै आईपीओ निष्काशन गरिसकेको छ ।

यस्तै पिपुल्स पावरले आयोजना प्रभावित र सर्वसाधारणको लागि ३० करोड ९९ लाख ७४ हजार रुपैयाँ बराबरको ३० लाख ९९ हजार ७०० कित्ता शेयर निष्काशन गर्न अनुमति मागेको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।