सिद्धार्थ बैंकको १५ % लाभांश पारित

Jan 16, 2022 12:32 PM Merolagani

सिद्धार्थ बैंकको (SBL) १५ % लाभांश पारित भएकाे छ । शुक्रबार बैंकका अध्यक्ष मनोज कुमार केडियाको अध्यक्षतामा सम्पन्न भएको बैंकको बीसौं वार्षिक साधारण सभाले साे लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे हाे ।

उक्त साधारण सभाले बैंकको चुक्ता पूँजी अक्षरेपी १० अर्ब ९६ करोड २२ लाख ९९ हजार १९५ रुपैँयाको १४.२५ प्रतिशत बराबर एक अर्ब ५६ करोड २१ लाख २७ हजार ६३६ रुपैंया बोनस शेयर तथा ०.७५ प्रतिशत बराबर ८ करोड २२ लाख १७ हजार २४४ रुपैंयाको नगद लाभांश (बोनस शेयर कर प्रयोजनका लागि मात्र) प्रदान गर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ ।

वि.सं. २०५९ सालमा स्थापना भएकाे सिद्धार्थ बैंकले बढि भन्दा बढी नेपाली माझ बैंकिङ्ग पहुँच पु¥याउने उद्देश्यका साथ बैंकले हालसम्म १८९ शाखा, २०८ एटिएम्, ११४ शाखारहित बैंकिङ्ग, १,८९० पि ओ एस् मार्फत देश भरीनै आफ्नो सञ्जाल विस्तार गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।