मेगा बैंकको बोनस र एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद शेयर नेप्सेमा सूचीकृत

Jan 17, 2022 02:52 PM Merolagani

मेगा बैंक (MEGA) को बोनस शेयर र एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

मेगा बैंकको १ करोड ४६ लाख ५४ हजार ९६४.९५७ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

मेगाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

यस्तै एक्सेल डेभलपमेन्ट बैंक (EDBL) को पनि २४ लाख ३३ हजार ३६३.६७ कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको छ । 

एक्सेलले असोज १५ देखि कार्तिक २९ गतेसम्म ३० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको थियो । उक्त हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो ।

दुबै कम्पनीको शेयर, शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।