नेपालको इन्टरनेटमा किन आयो एक्कासी समस्या ? युरोप मध्यपूर्व र अमेरिकामा पठाइने इन्टरनेटमा पनि असर

Jan 21, 2022 03:52 PM Merolagani

समुन्द्र मुनी राखिएको केबलमा समस्या आएपछि नेपालको इन्टरनेटमा एक्कासी समस्या आएको छ ।

नेपाल इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) ले एक बिज्ञप्ती जारी गर्दै अन्तर्राष्ट्रिय रुपमा इन्टरनेट प्रवाहको लागि प्रयोग हुने सब मरिन केबलमा समस्या देखिएका कारण नेपालको इन्टरनेट सेवा प्रभावित भएको जनाएको हो ।

विश्वभर इन्टरनेट सेवा प्रवाहको लागि समुद्र मुनी बिछ्याइएको सब मरिन केबलहरुमा समस्या भइरहेको कारण युरोप मध्यपूर्व र अमेरिकामा पठाइने इन्टरनेट ट्राफिकमा असर परेको बताएको छ ।

विज्ञप्तिमा भनिएको छ ‘नेपालमा अन्तराष्ट्रिय इन्टरनेट सेवा उपलब्ध गराउने टाटा एयरटेल सिफीका अनुसार मुम्बई खाडी मार्गमा रहेको सब मरिन केबलहरुमा समस्या देखिएको छ । यस कारण मुम्बई हुँदै युरोप मध्यपूर्व र अमेरिकामा पठाईने इन्टरनेट ट्राफिकमा असर परेको छ ।’ 

अपस्ट्रिम भनिने त्यस्ता सेवा प्रदायकले समुद्र मुनी बिछ्याएको तारमा समस्या देखिएपछि वैकल्पिक मार्गहरु प्रयोग गरिरहेको विज्ञप्तिमा उल्लेख छ।

यही समस्याका कारण एक हप्तादेखि नेपालको इन्टरनेट सुस्त हुने र नचल्ने समस्या आइरहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।