जियोले एकैपटक हजार सहरमा फाइभजी परिक्षण गर्दै, टेलिकममा नेतृत्व नहुँदा नेपालमा अझै अन्योल

Jan 24, 2022 01:01 PM Merolagani

मुकेश अम्बानीको भारतीय टेलिकम कम्पनी जियोले एकैपटक भारतका हजार ओटा सहरका फाइभजी परिक्षणको तयारी गर्दा नेपालमा भने अन्योल कायमै छ । फाइभजी नेटवर्क कभरेजको लागी जियोले सबै तयारी पुरा गरिसकेको र केहि समय भित्र फाइबजी परिक्षण गर्ने जनाएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार फाइभजी नेटवर्कका लागी जियोले डेटा उच्च खपत हुने क्षेत्रका ग्राहकको पहिचानका लागि हिट म्याप, थ्रीडी म्याप र रे ट्रेसिङ प्रविधिको प्रयोग मार्फत परिक्षण गर्न लागेको हो ।

त्यस्तै हजार सहरका फाइभजी परिक्षणको लागी सयौं टिम तयार पारेको छ । फाइभजी परिक्षणलाई समयमै सक्न फरक रणनीतिका साथ अघि बढेको अन्तराष्ट्रिय सञ्चार माध्ययमले जनाएका छन ।

फाइबजीको लागी जियोले साइटहरूमा फाइबर तथा विद्युतको उपलब्धता समेत बढाउदै केहि महिना भित्रै फाइभजी परिक्षण गर्ने बताइएको छ ।

भारतमा जियाे, भोडाफोन, आइडियालगायत टेलिकम कम्पनीले फाइभजी परिक्षणका लागी गृहकार्य गरिरहे पनि नेपालमा फाइभजी परिक्षणको अनुमति पाएको कम्पनी नेतृत्व विहिन छ ।

अर्को टेलिकम कम्पनी एनसेलले सरकारसँग फाइभजी परिक्षणको अनुमति मागेपनि परिक्षण अनुमति दिन सकेको छैन ।

सरकारी स्वामित्वको नेपाल टेलिकमले ९ महिना अघि नेपालमा फाइभजी परिक्षणको लागी सञ्चार तथा सुचना प्रविधि मन्त्री अध्यक्ष रहने रेडियो फ्रिक्वेन्सी नीति निर्धाण समितिले फाइभजी परिक्षणको अनुमति दिने निर्णय गरिसकेको छ ।

त्यस्तै दूरसञ्चार क्षेत्रको नियामक निकाय दूरसञ्चार प्राधिकरणले पनि २६ सय फ्रिक्वेन्सी व्यान्डमा फाइभजी परिक्षण गर्ने भन्दै टेलिकमलाई पत्र पठाइसकेको छ ।

हाल टेलिकम भित्र फाइभजीको लागी गठन भएको कमिटिले फाइभजी परिक्षणको योजना र फाइभजी परिक्षण गर्नुपर्ने क्षेत्रका लागी प्रतिवेदन तयारी पारिरहेको छ । प्रतिवेदन तयार पारेपनि नेपाल टेलिकम प्रबन्ध निर्देशक विहिन छ अर्थात कार्यकारीको भरमा टेलिकम चलिरहेको छ ।

निमित्त कार्यकायरीले नेतृत्व सम्हालिरहे पनि कार्यकारीलाई हाल कुनैपनि निर्णय लिन, बैठक बोलाउन र नीतिगत निर्णयमा हस्तक्षप गर्ने अधिकार दिइएको छैन ।

त्यसैले फाइभजी मात्रै होइन, फोरजी परियोजना, अप्टिकल फाइबरलगायत सबै प्रोजेक्टको काम प्रभावित बनेका छन ।

अर्को तर्फ नयाँ नेतृत्वको लागी सरकारले अघि बढाएको प्रक्रिया समेत सर्वोच्चको आदेशले नै स्थिगित हुन पुगेको छ । नयाँ नेतृत्व समयमै नियुक्त नहुँदा फाइभजी परिक्षण समेत ओझेलमा परेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।