२६ सयको लाइनमा बजार झर्छ भन्ने हल्लाले लगानीकर्ताको दिमागमा जरा गाड्यो, कारोबार रकम समेत घटेर चार अर्बमा सीमित

Jan 26, 2022 05:54 PM merolagani

सुवास निरौला

शेयर बजारको रौनक बिस्तारै हराउन थालेको छ। पुस लागेसँगै फर्किएको शेयर बजारको चमक पुन: फिका पर्न थालेको छ।

बरु पुसमा बढ्दैन भनेको बजारले लगानीकर्तालाई खुसी दियो। तर माघ लागेपछि बढ्छ भनेको बजारले लगानीकर्तालाई दुखी बनाउँदा बजारको चमक फिका महसुस हुन थालेको हो।

माघको पहिलो सातासम्म बढ्दो लयमा रहेको बजारले दोस्रो साता प्रवेशसँगै आफ्नो लय परिवर्तन गर्‍यो। गत माघ २ गते २९४७ अंकसम्म उक्लिएको बजारले त्यस यता उक्त अंक भेटाउन सकेको छैन। गत साता बिहीबार थोरै हरियो भएर लगानीकर्तालाई झुक्काएकाे बजारले यस सातको चारै कारोबार दिन लगातार घटेपछि लगानीकर्ता थप निराश भएका छन्। निराशाको बीचमा अझै बजार २६ सय अंकसम्म ओर्लने अडकलबाजी हुँदै गएपछि बजारले फर्कन थप सङ्घर्ष गर्नु परिरहेको छ। बजारले जति पटक फर्कने प्रयास गरे पनि उसको प्रयास विफल हुँदै आएको छ। शेयर किन्ने भन्दा बेच्ने बढी भएपछि बजारको उक्त प्रयास विफल हुँदै आएको हो।

यति बेला बजारमा धेरै जसो लगानीकर्ताको दिमागमा बजार २६ सयसम्म ओर्लन्छ भन्ने कुरा हाबी हुँदै गएकोले बजारमा बिक्री चाप बढी भएको बताइएको छ। “केही दिनदेखि बजारमा २६ सयको लाइनमा झर्छ भन्ने हल्ला बढी चलिरहेको छ। सामाजिक सन्जालका ग्रुपहरूमा २६ सयको लाइनमा बजार झर्छ भनेर धेरै चर्चा चलेको छ। ती चर्चा भित्र भित्रै भूसको आगो जस्तै सल्किँदै गएको छ। 

शुरुका दिनमा बजार झर्ने कुरालाई नपत्याएका लगानीकर्तालाई समेत पछिल्ला दिन घटेको बजारले विश्वास गर्न बाध्य बनाउँदै लगेको छ। शेयर किन्न चाहने लगानीकर्ताले समेत बजार २६ सयकै लाइनमा झर्छ कि भनेर पर्खिन थालेका छन्” नियमित कारोबारी सन्तोष भट्टराईले मेरो लगानीसँग भने।

बजार घट्छ भन्ने हल्ला व्याप्त हुँदै जाँदा कारोबार रकम समेत सुस्ताउन थालेको छ। माघको पहिलो साता नौ अर्ब रुपैयाँसम्म उक्लिएको कारोबार रकम बुधवार साढे चार अर्ब रुपैयाँमा भन्दा तल ओर्लिएको छ। यो अघिल्ला दिनहरू भन्दा कम कारोबार हो। गएको आइतबार सात अर्बको कारोबार भएको बजारमा सोमबार कारोबार रकम बढेर आठ अर्ब रुपैयाँसम्म उक्लिएको थियो। उक्त दिन बजार एक सय अंक घटेकोले पनि कारोबार रकम बढेको थियो। तर त्यस यता भने कारोबार रकम लगातार घट्दो क्रममा छ। मंगलबार पाँच अर्ब ३९ करोड रुपैयाँमा झरेको कारोबार रकम बुधवार चार अर्ब ३१ करोडमा झरेको हो। “बजार २६ सयको लाइनमा झर्छ भनेर लगानीकर्ताको दिमागमै जरा गाडेको छ। त्यही कुराले लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन्। बजार घटेपछि नै किनौँला भनेर बसेका कारण कारोबार रकम समेत घट्दै गएको हो। अन्यथा बजार घट्ने कुनै आधार नै छैन” भट्टराईले थपे।

शेयर बजार घट्नु र बढ्नुलाई स्वाभाविक रुपमा लिनु पर्छ। तर शेयर बजार घट्न वा बढ्न कुनै निश्चित कारण भने आवश्यक पर्छ। यति बेला बजार घट्नुमा पछिल्लो समय सरकारले उठाउन लागेको आन्तरिक ऋणको विषय प्रमुख कारणको रुपमा देखिएको छ भने आउने वैशाखमै हुने भनिएको निर्वाचनलाई प्रमुख राजनीतिक दलहरूले आउने मंसीरसम्म धकेल्न खोजेको विषयले पनि बजारलाई घट्न टेवा पुर्‍याएको छ। २९ सय ४७ अंकसम्म पुगेको बजारले गएको सात कारोबार दिनमा १७१ अंक गुमाइ सकेको छ।   

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।