सहरमा नयाँ व्यवसायः ओखरको मुटुमा मायालाई भ्यालेन्टाइन औंठी

Feb 10, 2022 06:10 PM Merolagani

ज्याेति शाह ।

युवा युवतीहरु प्रणय दिवस मनाउँदै छन् । धेरैलाई यो समयमा आफ्नो मायालुलाई उपहार के दिने भन्ने द्विविधा हुन सक्छ । त्यही द्विविधा चिर्न ओखरले प्रेमिल जोडीले खोजेजस्तै मायाको चिनो बजारमा ल्याएको छ । ओखरको काठबाट बनेको मुटुभित्र एक औंठीमा मायालाई नाम वा सन्देश लेखिएको उपहार धेरैलाई मनपर्न सक्छ ।

ओखरबाट बनेको वस्तुुहरुको नयाँ नयाँ ब्रान्डिङ गरिरहेको स्टोरले यो पटकको भ्यालेन्टाईनमा नयाँ प्रयोग स्वरुप यो औंठी बजारमा ल्याएको छ । यस्तो चिनोको मूल्य भने खासै महँगो भने छैन एक हजार १०० रुपैयाँदेखि एक हजार ५०० रुपैयाँमा यो खरिद गर्न सकिन्छ । यस्तो पृथक औंठीमा अक्षर कोरिएको भने निशुल्क गरिएको छ । ओखरको काठबाट पनि औंठी बन्छ ? भन्ने धेरैलाई कौतुहलता जाग्न सक्छ । र यी सबै प्रश्नको जवाफ ओखर स्टोरले दिन्छ ।

विदेशबाट फर्किएको साथीको हातबाट जुरेको स्टार्टअप

धादिङका प्रकाश दाहालले सुरु गरेको यो पृथक व्यवसाय नेपालका लागि नयाँ प्रयोग हो । २०७७ को कार्तिक महिनाको पहिलो साताबाट औपचारिक रुपमा सुरुवात भएको यो कम्पनीले ओखरकै काठबाट बनेको घडी,चस्मा, फोनकेस, टाईबो लगायतका सामान बनाउँछ । स्टोरका सामाग्रीका इन्जिनियरिङ नेपालमा बन्छ भने ओखरको काठ चीन र केही सामाग्री जापानबाट समेत नेपाल भित्रिन्छ । यी सामाग्रीहरुको पाटपुर्जाहरु जम्मा गरेर नेपालमा यस्ता सामान तयार हुन्छन् ।

घडीमा प्रकाशलाई पहिलेदेखि नै चाख लाग्थ्यो । प्राय विदेशमा बस्ने प्रकाश नेपाल फर्किए। कम्पनीका संस्थापक दाहालकाे एकदिन विदेशबाट नै फर्किएका  साथीसँग भेट भयाे। ‘केही वर्षअघि एक जना साथीले घडी देखाउनुभयो । त्याे घडी वालनटबाट बन्ने रहेछ भन्ने थाहा भयो ।वालनट भनेकाे ओखर हाे। ''

''नेपालमा केही नयाँ गर्नुपर्छ भन्ने मेरो सोचमा यही एउटा टर्निङ पोइन्ट भयो,’ दाहालले थपे।  यसरी लकडाउनकाबीच नै प्रकाश सहित अन्य चार लगानीकर्ताहरुले ओखरको परिकल्पना गरे । ''केही नयाँ र इकोफ्रेन्डली उत्पादन घरघरमा पुर्याउने सोंचका साथ सुरुवात गर्याै । नेपाली परिवेशका लागि नौलो सुरुवात, ओखरको बोटबाट बनेका उत्पादनकालागि नेपाली नाम साेंचेर ओखर नामाकरण गर्यौ ।''

साेही क्रममा डिजाइनमा नयाँपन दिइयाे र घडीभित्र पनि नेपालीमा अक्षर कोरियो । सुरुवाती चरणमा उत्पादनको डिजाइनमा काम गर्न नै उनीहरूलाई ३ महिनाभन्दा धेरै समय लाग्यो ।

पहिलो चरण तिहारमा नै ओखर लन्च गर्नुपर्ने उनीहरूमाझ चुनौती थियो । थोरै सामाग्री भएकाले केही अभाव पनि खेप्नुपर्याे । तर तिहारमा नै काष्ठमण्डप नामक घडी सबै बिक्री हुँदा साे समुहकाे खुशीकाे सिमा रहेन।

''मलाई याद छ । तिहारको दिन थियो । म आफै काठमाडौंमा डेलिभरी गर्दै थिए । अति हतार भएको थियो। भाइटिकामा टिका लगाउने साइतसम्ममा पनि फोन आइरहेको थियो,'' प्रकाश विगत सम्झन्छन् । 

काठमाडौं वनस्थलीमा रहेको ओखरको स्टोरले अहिले आफ्नो उत्पादनको काठमाडौं उपत्यकामा निःशुल्क डेलिभरी गरिरहेको छ । त्यसबाहेक नेपालभर र विश्वका विभिन्न कुनामा रहेका नेपालीका लागि पनि ओखरले आफ्नो उत्पादन पुर्याइरहेको छ ।

प्रडक्टको मूल्य र कम्पनीको फैलावट

घडीको बिक्रीबाट सुरु भएको ओखरको यात्रा, हाल भने चस्मा, फोन कभर, कफ्लिंक, कार्ड होल्डर, टाई बो लगायतका सामाग्रीसम्म पुगेको छ ।

विशेष गरी घडीमा नै केन्द्रित रहेको यो व्यवसायमा हालसम्म ८ प्रकारका घडी पाइन्छ । काष्ठमण्डप, मुर्चंगा, कालापत्थर लगायतको नामहरु घडीका ब्राण्ड हुन् ।

काष्ठमाण्डप घडीबाट सुरुवात भएको ओखरको एउटा डिजाइन र एउटा साइजबाट सुरू भएकाे थियाे जुसकाे अहिले २ साइज छ । महिला र पुरुषकालागि साइज छन् भने चारवटा डिजाइन छन् । काष्ठमाण्डपको मूल्य ५ हजार ९५० रुपैयाँ पर्छ ।

यस्तै सबैभन्दा सस्तो मुर्चंगा रहेको छ जसकाे मूल्य ४ हजार ४५० रुपैयाँ रहेकाे छ । कालापत्थरको मूल्य भने ६ हजार ४५० छ ।

यसैगरी अष्ठमंगल नामक घडी पनि तयार हुँदैछ । आठकुना भएकाे याे घडी पुरुषका लागि मात्र रहेको छ र यसको मूल्य ७ हजार ९५० रुपैयाँ पर्न सक्ने दाहाल बताउँछन् ।

''अहिले स्टोरले नेपालीले सजिलै खरिद गर्न सक्नेगरी नयाँ डिजाइनमा ३ हजार भन्दा कम मूल्यको घडी ल्याउनेगरी काम गरिरहेको छ'', दाहाल थप्छन् ।

ओखरका सबै घडीको मेसिनमा एक वर्ष वारेन्टी छ भने व्याट्रीमा २ वर्षको वारेन्टी हुन्छ । यस्तै स्टोरमा ओखरको काठबाट बनेको चस्मा तथा आइफोनका कभरहरु पनि पाइन्छ । कफ लिंक, कार्ड होल्डर, इएर रिंग, एप्पल घडिको ब्याण्ड र टाई बो पनि त्यहाँ पाइन्छन् ।

करिब २० लाख रूपैयाँबाट सुरू भएकाे ओखरकाे पूँजी अहिले एक कराेड रूपैयाँ भन्दा धेरै रहेकाे छ ।

सन्तुष्ट ग्राहक

छाेटाे समयमा नै एक हजार भन्दा धेरै ग्राहकलाई ओखरले सन्तुष्ट बनाएकाे छ । नेपाली नाम, नेपाली काम भन्ने हिसाबले हरेक सामाग्रीको नाम पनि नेपाली राखिएकाे छ । यसकासाथै घडी भित्रका अंक तथा अक्षर पनि नेपालीमै लेखिएकाे छ । अन्तराष्ट्रिय बजारमा यसको प्रयोग भइसकेको भएता पनि नेपालमा भने यो नयाँ प्रयाेग हो । अन्यकाे तुलनामा काठबाट बनेका सामाग्रीहरू किफायती भएको दाहालकाे विश्वास छ। 

ग्राहकहरुले आफ्ना सन्देश वा नाम लेख्न सक्ने भएकाले पनि यसबाट ग्राहकहरु सन्तुुष्ट रहेको उनी बताउँछन् । ''यसरी नाम लेखिँदिदा ग्राहकलाई आफ्नोपन दिन्छ,'' दाहाल सुनाउँछन् ।  ओखरले तिहार, नयाँ वर्ष, भ्यालेनटाइन्स डे र रक्षाबन्धन जस्ता मन संस्कृति र मानिसको भावनालाई जोडेर आफ्नो व्यवसाय प्रर्वधन गरिरहेकाले पनि यसमा ग्राहकहरु जोडिन रुचाएको उनको दाबी छ । स्टोरका सामानहरुको माग पनि यस्तो समयमा धेरै हुने गरेको दाहाल बताउँछन् । 

 

ओखरको भविष्य

नयाँ सुरूवात थालेको केही समयमै ओखर लोकप्रिय भयो । धेरै मानिसले यसलाई मन पनि पराए तर व्यवसाय विस्तारमा कोरोना महामारी कष्ट बनेर आयो । तर ओखर स्टोरले लकडाउनलाई अवसरको रुपमा लियाे । ‘चुनौती त पक्कै भयो तर अनलाईनमा हामी काम गर्ने भएकोले त्यति असर गरेन, त्यसलाई अवसरमा बदल्यौं’ उनले भने ।

काठका सामाग्री मात्रै मन पराउने समूहका ग्राहकलाई मात्रै लक्षित व्यवसाय भएका कारण अहिले ओखर लोकप्रिय बनिरहेको छ । ''ओखरलाई मानिसले चिन्न थालेका कारण बिस्तारै यसतर्फ मानिसहरु डाइभर्ट हुँदै गएका छन् । माग र बजार दुवै फैलिदैछ ,''दाहाल सन्तुष्ट सुनिन्छन् ।

छिट्टै नै ओखर आउटलेटमार्फत उपभोक्ता माझ आउने गरी काम गरिरहेको योजना दाहालले सुनाए ।‘हामी ग्राहकहरूमाझ अन्य धेरै प्रोडक्ट चिनाउन चाहन्छौँ । अब ती उत्पादनहरु ओखरकै ब्राण्डबाट बनेका सामाग्रीहरु परिचित गराउने कि ओखरकै अर्को सब ब्राण्ड सिर्जना गरेर सँगसँगै लैजाने भन्ने हामी काम गरिरहेका छौँ’, उनले मेरोलगानीसंग भने । ओमिक्रोन साम्य हुनेबित्तिक्कै आउटलेट ल्याउने ओखरले जनाएको छ ।

आइटीबाट ओखर हुँदै आफूलाई बदलेका दाहाल

विदेशबाट आईटी अध्ययन पुरा गरेका प्रकाशको परिवार नै पर्यटन व्यवसायमा छ । तर उनले आफ्ना लागि ओखरको व्यवसाय रोजे ।

नेपालमा नयाँ सोचका साथ व्यवसाय सुरु गर्दा धेरै अवसरहरु रहेको भन्दै प्रकाश युवाहरूलाई प्रेरणा दिइरहेका छन् । ‘व्यवसाय सानोबाट सुरु हुने हो र थप ग्रो गर्न सकिन्छ । समस्या निवारण गर्ने सेवा क्षेत्रमा लगानी गर्न सकेमा राम्राे हुन्छ । अलि नयाँ ढंगले साेच्नुपर्छ’ उनले भने ।

अब उनी विदेशबाट विदेशमा नै ओखरका उत्पादन गरी उपलब्ध कसरी गराउने भन्ने योजना बनाइरहेका छन् । नेपालबाट सामान पठाउँदा ढुवानी शुल्क धेरै लाग्ने समस्या भएकाले अष्ट्रेलिया, अमेरिका, बेलायत र कोरियाबाट हुने माग विदेशबाटै पुरा गर्ने सोंचमा उनी छन् । दाहाल ओखरले नेपालका डाँडाकाँडा हरियाली भएको देख्न चाहन्छन् । ओखरको लोकप्रियतासंगै ओखरको खेती पनि फैलनेमा विश्वस्त उनी मुस्कुराउँदै भन्छन् ‘'अब थप आत्मविश्वास जागेको छ ।''ओखर नयाँ उचाईँमा पुग्ने दाहाल र उनकाे सहकर्मीकाे विश्वास छ ।

यस्ताे उत्पादनले पर्यावरणमा असर पर्न सक्ने चिन्ता गर्दै एक उत्पादन बिक्री गर्दा एउटा रुख रोप्ने पनि ओखरकाे अभियान रहेकाे छ । 

नयाँ सुरूवात भएतापनि ओखर हालसम्म घाटामा नरहेको र यो व्यवसायबाट धेरै पैसा कमाउन सकिन्छ भन्ने भन्दा पनि सन्तुष्टि धेरै पाएको उनको भनाई छ ।

नेपालमा ओखरको उत्पादन हुन नसक्दा भने प्रकाशलाई दुःख लाग्छ । ‘नेपाली केही प्रयोग गर्न नसक्नुु विडम्बना हो । नेपालमा काठहरुको स्याम्पल लियौँ, काठको गुणस्तर पनि हेर्यौँ तर हाम्रो इच्छा पुरा भएको छैन । ’

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।