एभरेष्ट इन्स्योरेन्सको शेयरमूल्य समायोजन

Apr 25, 2022 09:32 AM Merolagani

बैशाख १२ गते, सोमबार, नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड (EIC) को शेयरमूल्य समायोजन भएको छ। इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले यस दिन इन्स्योरेन्सको ६ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात इन्स्योरेन्सको शेयरमूल्य ५४४ रुपैयाँ ३४ पैसा कायम गरिएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात आइतबार, इन्स्योरेन्सको शेयर प्रतिकित्ता ५७७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

यही समायोजित मूल्यलाई आधार मानेर यस दिन इन्स्योरेन्सको शेयर कारोबार खुल्नेछ।

इन्स्योरेन्सले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न बैशाख २१ गते, बुधबार, अग्रवाल भवन, कमलपोखरीमा २७ औँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा दिउसो २ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ३७ लाख ३७ हजार ६९८ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

यसका साथै अधिकृत पूँजी ३ अर्ब रुपैयाँ पुर्याउने, निर्जीवन बीमा कम्पनी मर्ज अथवा एक्वार गर्ने सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिमा संस्थापक समूहकोतर्फबाट प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारणको तर्फबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।