बढ्दो बजारमा लगानीकर्तासँगै ब्रोकर कम्पनी समेत बेस्सरी फसे, ब्रोकर नै बजारमा फसेपछि कारोबार रकम एक अर्बमा

May 02, 2022 06:36 PM merolagani

सुवास निरौला

पछिल्लो समय शेयर बजार घट्दो क्रममा छ। करिब ३२ सयको लाइनमा उक्लिएको बजार यति बेला २३०७.४४ अंकको बिन्दुमा झरेको छ। सोमबार ४८.७३ अंकले सूचक घटे सँगै उक्त बिन्दुमा सूचक आइपुगेको हो। एक साता यता सूचकमा निरन्तर गिरावट छ।

सूचकमा निरन्तर घट्दो क्रममा रहँदा शेयरको मूल्य पनि घट्ने नै भयो। जसका कारण पछिल्लो समय किनेका सबैजसो लगानीकर्ताको शेयर मूल्य घटेका छन्। एक साता अघि शेयर किनेकादेखि गत भदौमा शेयर किनेका लगानीकर्तासम्म घाटामा छन्। किनकि गत भदौमा शेयर सूचकले सर्वाधिक अंकको उचाइ कायम गरेको थियो। सूचक सर्वाधिक अंकमा पुगेका बेला शेयर किन्ने लगानीकर्ता सबै घाटामा छन्। सर्वाधिक अंकमा शेयर किनेर घाटामा पर्ने केही लगानीकर्ताले स्टप लस गरेका छन् भने केही लगानीकर्ता अझै पनि होल्डमा छन्।

ट्रेडको लागि शेयर किन्ने लगानीकर्ताले शेयरको मूल्य निश्चित प्रतिशत घटेपछि स्टप लस गर्ने प्रचलन छ। सोही प्रचलन अनुसार लगानीकर्ता स्टप लस गर्दै बाहिरिएका हुन्। तर शेयर घाटमा जाने बित्तिकै सबैले शेयर स्टप लस भने गर्दैनन्। लामो समयको लागि शेयर किन्नेहरूले आफ्नो मूल्य नआएसम्म शेयर बिक्री गर्दैनन्। उनीहरूले शेयरलाई होल्ड गरेरै बस्ने गर्छन्। बजारका लगानीकर्ताहरूको आ आफ्नै लगानीका रणनीति हुन्छन्। आ आफ्नै लगानी रणनीति अनुसार लगानीकर्ताले लगानी गर्ने गर्छन्।

शेयर बजारमा लगानीकर्ताका रुपमा सबै वर्ग र समुदायका मानिसहरूको उल्लेख्य उपस्थिति हुने गर्छ। तर ती सबै वर्ग र समुदायका लगानीकर्तालाई सर्वसाधारणले बजारमा लगानीकर्ता भनेर चिन्ने गर्छन्। ती लगानीकर्तामा ब्रोकर कम्पनी पनि पर्ने गर्छन्। नेपालमा ब्रोकर कम्पनी आफैले  शेयर किन्न पाउने प्रावधान छ। उनीहरूले आफैले आफ्नै ब्रोकर कम्पनीबाट भने शेयर किनबेच गर्न पाउँदैनन्।  उनीहरूले अर्को ब्रोकर कम्पनी मार्फत शेयर किन्न पाउँछन्। जस अन्तर्गत धेरै ब्रोकर कम्पनीले बढेको बजारमा मनग्गे शेयर किनेका छन्। तर उनीहरूको पनि अन्य सर्वसाधारण लगानीकर्ताको जस्तै गरी बढ्दो बजारमा धेरै शेयर मूल्य माथिल्लो मूल्यमा परेका छन्। उनीहरू पनि यति बेला होल्डमा गएका छन्।

शेयर बजारमा हुने कुल कारोबारको ४० प्रतिशत कारोबार ब्रोकर कम्पनीहरूले गर्ने गरेको अनुमान छ। ब्रोकर कम्पनीहरूले ४० प्रतिशत कै हाराहारीमा कारोबार गर्छन् भन्ने यकिन तथ्याङ्क भने छैन। तर लामो समयदेखि ब्रोकर व्यवसायमा संलग्न एक ब्रोकर कम्पनीका सञ्चालक भने ४० प्रतिशतको हाराहारीमा ब्रोकर कम्पनीको कारोबार रहेको दाबी गर्छन्। “नेपालमा हुने कुल शेयर कारोबारमा ४० प्रतिशत कारोबार त ब्रोकर कम्पनीको आफ्नै हुन्छ” ती ब्रोकर कम्पनीका सञ्चालकले मेरो लगानीसँग भने।

उनकै भनाइ अनुसार यति बेला सर्वसाधारण लगानीकर्तासँगै ब्रोकर कम्पनीहरू पनि बेस्सरी शेयर बजारमा फसेका छन्। उनीहरूले पनि यसपटक बजारलाई राम्रो सही जजमेन्ट गर्न सकेनन्। उनीहरू अझै शेयर बजार बढ्ने नै अनुमान गरिरहेका छन्। बजार बढाउन उनीहरूले हर प्रयास गरिरहेका छन्। तर उनीहरूले गरेका सबै प्रयासहरू फेल हुँदै गएका छन्।

ब्रोकर कम्पनीहरूले बैंकहरुबाट प्राप्त राफसाफ सुविधा समेत शेयर बजारमा लगाएका छन्। बैंकबाट प्राप्त राफसाफ सुबिधा समेत शेयर बजारमा लगाएको कारण उनीहरूलाई समेत थप लगानी गर्न सकस परिरहेको छ। वाणिज्य बैकहरुले ब्रोकर कम्पनीलाई पाँचदेखि आठ करोडसम्मको राफसाफ सुबिधा दिने गरेका छन् । 

पछिल्लो समय ब्रोकर कम्पनीहरू शेयर बजारमा फसेको चर्चा ठूला लगानीकर्ताबीच पनि व्याप्त छ। ठूला लगानीकर्ताले समेत ब्रोकर कम्पनी आफै शेयर बजारमा फसेको बताएका छन्। “यस पटक ब्रोकर कम्पनी आफै शेयर बजारमा बेस्सरी फसेका छन्” ठूला लगानीकर्ता निर्मल प्रधानले मेरो लगानीसँग भने।   

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।