कर्जा बिस्तार जुन रफ्तारमा भयाे, त्यसले अर्थतन्त्रको वृद्धिमा याेगदान गरेन आयात वृद्धि र ट्रेडिङ गर्न मात्र योगदान गर्योःअध्यक्ष गोल्छा

May 05, 2022 12:35 PM MeroLagani



बैकिङ क्षेत्रको कर्जा जुन रफ्तारमा वृद्धि भयो, त्यसले आयात वृद्धि गर्न र ट्रेडिङ गर्न मात्र योगदान गर्यो । अर्थतन्त्रको वृद्धिमा यो कर्जा वृद्धिले योगदान गरेन भन्ने तथ्य बाहिर आएको छ । यसको लागि निजी क्षेत्र दोषी हुँदै होइन ।

अर्थतन्त्रलाई कुन दिशामा लैजाने हो भन्ने पक्ष नियामकको दायित्व भित्र पर्न आउँछ । निजी क्षेत्रले यसको जिम्मेवारी लिन सक्दैन । कुनै पनि देशमा निजी क्षेत्रले यस्तो जिम्मेवारी लिएको पनि छैन ।
उद्योग क्षेत्रको चुनौती जबसम्म समाधान गर्दैनौं, तबसम्म अहिलेको अवस्था रहिरहन्छ । जहिले पनि राजस्वमुखी सरकार भयो । सरकारले कति राजस्व उठायो भन्ने हिसाबले मात्र मूल्यांकन हुने गर्छ । यो मेरो विचारमा निरन्तर नै रहिरहन्छ । प्यारामिटर के हुनुप¥यो भने देशमा कति वस्तु उत्पादन भएर कति मूल्य अभिवृद्धि भयो, कति रोजगार सिर्जना भयो, कति देशको सम्पत्ति बढाउन सक्यौ भन्ने हुनुपर्छ । तर हामी नियमित रुपमा सरकारको जस्तो किसिमको प्यारामिटर देखिरहेका छौं यसले ट्रेडिङ मात्रै बढेको छ । यो ट्रेण्ड नियामकले नै परिवर्तन गर्नुपर्दछ । निजी क्षेत्र यसको लागि दोषी हुनै सक्दैन ।

मैले देखेको मुख्य रुप चार वटा समस्या हामीले व्यहोरिरहेका छौं । पहिलो कुरा त अहिले नेपाललाई पनि श्रीलंंकासँग दाँजेर हेर्ने गरिएको छ । हामी राम्रासँग बसेर सहकार्य गर्न चाहन्छौं । निजी क्षेत्र भनेको देशको सबैभन्दा ठूलो सरोकारवाला निकाय हो । वास्तविक समस्या के छ, कसरी समाधान गर्न सकिन्छ भनेर हात्तेमालो गर्न चाहन्छौं । यो अहिलेको ‘नेरेटिभ’ले गरेर देशको छवि अन्तर्राष्ट्रिय क्षेत्रमा जसरी प्रस्तुत भइरहेको छ, त्यो एकदमै दुर्भाग्यपूर्ण छ । हामीले सधै भनेका छौं हामी श्रीलंकाली बाटोमा छैनौं । अहिलेको दोस्रो समस्या भनेको तरलताको समस्या र अर्को भनेको बीओपीको समस्या । तेस्रो समस्या भनेको विश्वव्यापी मुल्यवृद्धिको समस्या । अहिलेको समस्याको अर्को कारण भनेको विश्वव्यापी रुपमा भएको मूल्य वृद्धिले पनि हो । चौथो समस्या भनेको ऊर्जाको समस्या ।

मैले चारवटा समस्यामा निजी क्षेत्रको धारणा राख्न खोजे । सबैभन्दा पहिलो तरलताको कुरा छ । कोभिडको कारण शिथिल भएको अर्थतन्त्र तंग्रिन थालेको थियो । केही क्षेत्रहरुलाई छोड्ने हो भने बाँकी क्षेत्रले एकदमै राम्रो ‘ग्रोथ’ गरेको थियो । त्यो ‘ग्रोथ’ दीगो छ कि छैन, सही दिशामा छ कि छैन भन्ने कुरा निजी क्षेत्रले विश्लेषण गर्नै सक्दैन । गर्ने क्षमता पनि छैन । यो वाणिज्य बैंकहरुले पनि गर्न सक्दैन भन्ने कुरा हामीले देखिसकेका छा्रंैं किनभने वाणिज्य बैंक पनि निजी क्षेत्रजस्तै शेयरधनीप्रति जवाफदेही हुन्छ । कुनै निश्चित क्षेत्रमा कर्जा बढी भयो भनेर नियामकले हेर्ने कुरा हो । मलाई जहाँसम्म लाग्छ नियामकले सही समयमा यो कुरालाई हेर्नै सकेन ।

अर्को भनेको बीओपीको समस्या । यो समस्या अन्तर्र्राष्ट्रिय मूल्यसँग सम्बन्धित छ । अर्को कोभिड संक्रमण कम हुँदै गएपछिको उत्साहले आयात एकदमै बढेर गयो । यसले बीओपी एकदमै चिन्ताजनक अवस्थामा पुगेको छ । कुनै देशमा गरिबी घटाउने हो भने गरिबलाई मारेर त गरिबी हट्दैन । गरिबलाई धनी बनाएर नै गरिबी हट्छ । त्यसैगरी बीओपीमा समस्या छ भने त्यसको स्रोतहरु कहाँबाट बढाउन सकिन्छ हेर्नुपर्ने हुन्छ । नेपालको स्रोतहरुमा रेमिट्यान्स पछिल्लो समय केही बढेको छ । रेमिट्यान्स कसरी बढाउने भनेर बृहत छलफल गरौं । अर्को स्रोतमा निर्यातको कुरा छ । निर्यातको सम्भाव्यतामा पनि व्यापक छलफल गर्नुप¥यो । त्यस्तै अर्को हामीकहाँ विदेशी लगानी खासै आएको छैन र आउने वाला पनि छैन । विदेशी लगानी आकर्षित गर्नको लागि हामीले आरओआई (लगानीमा प्रतिफल) देखाउन सक्नुपर्छ ।

(नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बुधबार नेपालकाे अर्थतन्त्रका बारेमा दिएकाे मन्तव्यकाे सम्पादित अ‍श)




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।