जेठ दोस्रो साताबाट अनलाइन पेमेन्ट सहितको नयाँ लाइसेन्स सिस्टम, दुई हप्तामै ट्रायल, १५ हजार आवेदन थेग्ने

May 08, 2022 12:39 PM Merolagani



यातायात क्षेत्रको नियामक निकाय तथा अनलाइन लाइसेन्स आवेदन नियामन गरिरहेको यातायात व्यवस्था विभागले अगामी जेठ दोस्रो हप्ता अनलाइन भुक्तानी सहितको नयाँ प्रणाली सार्वजनिक गर्ने भएको छ ।

पुरानो झन्झटिलो सिस्टमलाई प्रतिस्थापन गरी फरक सेवा र दैनिक १५ हजार आवेदन क्षमता थेग्न सक्ने अनलाइन सवारीचालक अनुमति पत्र सार्वजनिक गर्ने भएको हो ।

काठमाडौं तथा देशैभरका यातायात कार्यालयहरुले अगामी बैशाख मसान्तसम्म सबै पेन्डिङ आवेदकको परीक्षा लिने गरी ट्रायल परीक्षा लिइरहेका छन् । बैशाख भित्र बायोमेट्रिकको लागि यातायात कार्यालय नजाने आवेदकको आवेदन समेत स्वत खारेज गरेर नयाँ प्रणाली मार्फत सेवा दिने भएको छ ।

नयाँ सिस्टम सहित विभागले जेठ १० देखि अनलाइन सवारी अनुमति पत्र लाइसेन्स आवेदन समेत खुलाउन अन्तिम तयारी गरेको छ ।

‘यातायात कार्यालयहरुले बैशाख अन्तिमसम्म सबै आवेदकको परीक्षा लिइसक्ने भनेका छन्, यदि बैशाखसम्म परीक्षा दिन छुटेकाहरुको आवेदकको लाइसेन्स आवेदन खारेज गरेर अघि बढ्ने तयारी छ,’ यातायात विभागका इन्जिनियर सन्तोष पोखरेलले भने ।

अब सेवाग्राहीले राजश्व अनलाइन मार्फत भुक्तानी गरेपछि मात्रै यातायात कार्यालय पुग्नुपर्ने गरी सिस्टम डिजाइन गरिएको छ । पोखरेलका अनुसार सिस्टममा आवेदक धेरै मान्छे देखियो तर, यातायात कार्यालय तथा फिल्डमा भने खास सेवाग्राही नै छैनन् ।

त्यसैगरी, आवेदकले दिएको आवेदनमा कुनै क्रुटि भएमा सेवाग्राही आफैले लगइन गरेर आफनो डेटा सच्याउन पाउने छन् ।

कस्तो हुन्छ सिस्टम ?

जेठ १० गेत सार्वजनिक हुने अनलाइन लाइसेन्स आवेदन सिस्टममा मोबाइल नम्बर तथा लाइसेन्स नम्बरबाट लगइन गर्न सकिन्छ । लगइन भइसकेपछि ड्यासबोडमा जान्छ र सेवाग्राहीले संघियता अनुसार आफ्नो व्यक्तिगत विवरण भर्नुपर्नेछ ।

नागरिकता तथा डक्युमेन्ट समेत सिस्टममै अपलोड गर्न सकिनेछ । यदि गृहमन्त्रालयमा भएको नागरिकता अनुसार डेटा नभएको खण्डमा यातायात कार्यालयनमा गएर नाम रुजु गराउन पर्छ । नाम तथा आफ्नो व्यक्तिगत विवरण सच्याउनै कै लागि कार्यालय पुग्नुपर्ने र राजश्व तिर्न लाइन लाग्नुपर्ने बाध्यता हट्ने इन्जिनियर पोखरेलको दाबी छ ।

सेवाग्राहीले जुन यातायात कार्यालयबाट आवेदन दियो सोहि कार्यालयमै अनलाइन मार्फत भुक्तानी गरेर परिक्षा दिन पाउने छन् । यो पहलले यातायात विचौलिया हट्ने विभागको अनुमान छ ।

‘पहिलो चरणमा नयाँ साइट सार्वजनिक गराएर सेवा सुचारु गर्ने र दोस्रो चरणमा लाइसेन्स नविकरण, ट्रायल पास गरिसकेपछिको राजस्व भुक्तानी समेत अनलाइनबाटै पेमेन्ट गर्न सकिने सुविधा ल्याउदैछौं,’ इन्जिनियर पोखरेलले मेरोलगानीसँग भने ।

विभागले केहि दिनमै इडिएल सिस्टमसँग नयाँ प्रणालीलाई कनेक्ट गराएर सेवा सुरु गर्ने तयारी छ । इन्जिनियर पोखरेलले ४ गते भित्र नयाँ अनलाइन प्रणाली टेस्टिङ गरिसकेर १० गतेबाट पूर्णरुपमा सुरु गर्ने निर्णय भएको छ ।

विभागले बैशाखभित्र लाइसेन्स परीक्षा दिन छुटेकाको आवेदन क्यान्सील गराएर नयाँ लाइसेन्स फारम भनुपर्ने गरि सूचना नै निकाल्ने तयारी गरेको छ ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।