रियलमी 'डिजो वाच प्रो' स्मार्टवाच नेपाली बजारमा,ब्लड अक्सिजन र हर्टरेट मनिटर गर्न सक्ने

May 09, 2022 12:59 PM Merolagani



मुरारका ग्रुप अन्तर्गतकाे पशुपति ट्रेडलिंक प्रालिले 'डिजो' ब्राण्डको नयाँ स्मार्टवाच बजारमा सार्वजनिक गरेको छ। नेपालकालागि डिजो ब्राण्डको एक मात्र आधिकारीक आयातकर्ता तथा बितरक कम्पनीले नेपाली बजारमा 'रियलमी डिजो वाच प्रो' स्मार्टवाच लन्च गरेको छ।

रियलमी टेक लाइफ इकोसिस्टमको पहिलो ब्राण्ड रहेको डिजोले नेपाली ग्राहकहरुलाई ध्यानमा राखेर नयाँ स्मार्टवाच ल्याएको हो।

डिजो वाच प्रोमा प्रिमियम मापदण्डसहितका फिचरहरु राखिएको छ । जसमा इनबिल्ट जीपीएस रहेको छ। जीपीएस प्लस ग्लोनास रहेको र विभिन्न सेन्सरहरु राखिएको हुँदा ग्राहकले गर्ने हरेक फिटनेट कार्यको ट्र्याक स्याटेलाइटमार्फत गर्न सक्दछ । मर्निङ्ग वाक गर्दा हिँडेको बाटो, गतिबिधि, स्पीड, एक्सरसाइज लगायतका डाटाहरु स्याटेलाइटको माध्यमबाट ट्र्याक गर्न सक्दछ। यसले गर्दा कुनैपनि फिटनेस गतिबिधिको हरेक डाटाहरु तथा जानकारी स्मार्टवाचमा रहन्छ।

स्मार्टवाचमा ९० ओटा फरक फरक स्पोर्टस मोड राखिएको छ जसले विभिन्न स्पोर्ट्स कार्य गर्दा त्यसैअनुसार डाटा लिन सकिन्छ। डिजो वाच प्रोको सबैभन्दा विशेष फिचर भनेको यसले ब्लडअक्सिजनको सहि लेभल मापन गर्दछ भने हर्टरेट समेत मनिटर गर्दछ। 

एक पटक चार्ज गर्दा १४ दिनसम्म चलाउन सकिने डिजो वाच प्रो मा आफूलाई मनपर्ने १०० भन्दा धेरै कस्टम वाचफेस र वालपेपरहरु छनोट गर्न सकिनेछ। स्वास्थ्य र फिटनेसको हेरचाह गर्नुका साथ डिजो वाच प्रो ले मनोरन्जनका लागि समेत सहयोग गर्दछ।

यसबाट नै  सिधै आफ्नो स्मार्टफोनमा म्यूजिक र क्यामरा कन्ट्रोल गर्न सकिनेछ भने कल रिसिभ गर्ने सुविधा समेत रहेको छ। त्यसैगरी फोन पत्ता लगाउनकालागि फाइन्डमाई फोन फिचर समेत रहेको छ जसले फोन हराउने वा बिर्सने चिन्तालाई समाप्त गर्दछ।

आईपी ६८ वाटर रेसिस्टेन्ट प्रमाणित रहेको यो स्मार्टवाचमा पानी पर्दा समेत कुनै डर हुनेछैन। रियलमी डिजो वाच प्रो स्मार्टवाचमा १.७५ इन्चको ३२०x३८५ पिक्सेलको टिएफटी एलसिडी डिस्प्ले रहेको छ भने ३९० एमएएचको ठूलो ब्याट्री प्याक राखिएको छ।

यो स्मार्टवाच नेपालका अनलाइन तथा अफलाइन बजारहरुमा देशभर उपलब्ध रहेको छ। कम्पनीले यसको बजार मूल्य ७,९९० रुपैयाँ तोकेको छ। ब्ल्याक र स्पेस ब्लू कलर अप्सनमा उपलब्ध रहेको डिजो वाच प्रोमा १ वर्षको वारेन्टी सुबिधा तोकिएको छ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।