वित्तीय आम्दानी बढेसँगै मध्य भोटेकोशीको नोक्सानी घट्यो

May 09, 2022 12:59 PM Merolagani



मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेड (MBJC) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको नोक्सानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले १ करोड ११ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २ करोड ८९ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको थियो।

वित्तीय आम्दानी बढेसँगै कम्पनीको नोक्सानी घटेको हो।

चैत मसान्तसम्ममा कम्पनीको सञ्चालन मुनाफा ५ करोड २५ लाख रुपैयाँ ऋणात्मक रहेको छ। त्यसैगरी, सो अवधिसम्ममा कम्पनीको विद्युत बिक्री आम्दानी ४ करोड १३ लाख रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ७६ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो।

६ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग २९ करोड ८३ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी २५ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ९५ रुपैयाँ ३ पैसा रहेको छ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।