प्रुडेन्सियल इन्स्योरेन्सको खुद बीमाशुल्कसँगै नाफा पनि घट्यो

May 12, 2022 02:59 PM Merolagani



प्रुडेन्सियल इन्स्योरेन्स (PICL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ११ करोड ३६ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा १०.७५ प्रतिशतले कम हो ।

गत आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले १२ करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीको खुद बीमाशुल्क पनि २६.२३ प्रतिशतले घटेर ३५ करोड ७४ लाख रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ४८ करोड ४५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

कम्पनीले यस अवधिमा पुनर्बीमा कमिशन बापत ११ करोड ९९ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्यबाट ३ करोड १२ लाख रुपैयाँ आम्दानी गरेको छ ।

चुक्ता पूँजी १ अर्ब १० करोड ८५ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३१ करोड ५५ लाख रुपैयाँ र बीमा कोषमा ६५ करोड ३६ लाख रुपैयाँ सञ्चित छ ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ६७ पैसा, प्रतिशेयर नेटवर्थ १८९ रुपैयाँ ४३ पैसा र मूल्य आम्दानी अनुपात ४३.१३ गुणा रहेको छ ।




मुक्तिनाथ विकास बैंकले जानकी फाइनान्स र सिन्धु विकास बैंकलाई एक्वायर गर्ने

Sep 07, 2026 10:02 AM

मुक्तिनाथ विकास बैंक लिमिटेड (MNBBL) ले जानकी फाइनान्स र सिन्धु विकास बैंकलाई एक्वायर (प्राप्ती) गर्ने भएको छ। भदौ १९ गते बसेको यी बैंकहरुको सञ्चालक समितिको बैठकले सो प्राप्तीको निर्णय गरेको हो।