प्रभु लाइफको खुद बीमाशुल्क करिब ३४ प्रतिशतले वृद्धि, नाफा भने घट्यो

May 12, 2022 11:39 AM Merolagani



प्रभु लाइफ इन्स्योरेन्स (PLI) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ३३.९२ प्रतिशतले धेरै हो ।

गत आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले १ अर्ब ८ करोड ८४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

यस्तै कम्पनीले लगानी कर्जा तथा अन्य आयबाट १३ करोड २१ लाख रुपैयाँ र बीमालेख धितोमा कर्जा लगानी गरी १ करोड ८१ लाख रुपैयाँ आम्दानी गरेको छ ।

यस अवधिमा कम्पनीको खुद नाफा भने २६.४८ प्रतिशतले घटेर १० करोड १३ लाख रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले १३ करोड ७८ लाख रुपैयँ खुद नफा आर्जन गरेको थियो ।

चुक्ता पूँजी २ अर्ब रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ४५ करोड ५४ लाख रुपैयाँ, बीमा कोषमा २ अर्ब ७१ करोड ५० लाख रुपैयाँ र महावित्ती कोषमा ३ करोड ५७ लाख रुपैयाँ सञ्चित छ ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ७६ पैसा, प्रतिशेयर नेटवर्थ १२४ रुपैयाँ ५६ पैसा र मूल्य आम्दानी अनुपात ८२.३० गुणा रहेको छ ।




१९ कम्पनीले गरे लाभांश घोषणा, कुन कम्पनीको शेयर किन्दा अझै पाइन्छ लाभांश ?

Oct 08, 2025 06:00 PM

साधारणतया आर्थिक वर्ष सकेपछिकाे पहिलो ६ महिना सूचीकृत कम्पनीहरुले आफ्नो गच्छेअनुसार लाभांश बाँड्ने समय हो । कम्पनीहरुले पुस मसान्त अगाडि नै साधारण सभा गर्ने हुँदा त्यस अगाडि चौथो त्रैमासिक वित्तीय विवरण विश्लेषण गरेर लगानी गर्ने गर्दछन् ।