प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ मर्ज हुने

May 12, 2022 04:20 PM MeroLagani



प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्स एक आपसमा मर्ज हुने भएका छन् । प्राइम लाइफ इन्स्योरेन्सका संस्थापक शेयरधनी राजेन्द्र खेतानले मर्जरमा जान लागेको मेरो लगानीलाई बताए ।

बीमा समितिले हालै जीवन विमा कम्पनीहरुको चुक्ता पुँजी ५ अर्ब पुर्याउन निर्देशन दिएको थियो । मर्जरको सुचना चुहिएपछि आजको कारोबार यी तीनै कम्पनीको मूल्य सबैभन्दा बढी घटेको छ।  बिहीबार भएकाे काराेबारकाे टप लुजरकाे सूचीकाे दाेस्राे, तेस्राे र चाैथाे नम्बरमा क्रमश प्राइम लाइफ, युनियन लाइफ र गुराँस लाइफ परेकाे छ । प्राइम लाइफ ४७ रुपियाँले घटेर ५६९ मा काराेबार भयाे भने युनियन लाइफ ३९ रुपियाँले घटेर ५२१ रुपियाँमा र गुराँस लाइफ ३० रुपियाँले घटेर ४८५ रुपियाँमा काराेबार भयाे ।