Thu, Oct 30, 2025
मतदानको क्रममा विवाद हुँदा दोलखाको बैत्यश्वरमा गोली चलेको छ । स्थानीय तह निर्वाचनका क्रममा दुई पक्षीय झडपपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले चोली चलाएको हो । यद्यपि कुनै मानवीय क्षति भने भएको छैन ।
दोलखा प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले मतदानका क्रममा झडप भएको बताए । झडप नियन्त्रण गर्न दुई पटक हवाइ फायर गरिएको जानकारी उनले दिए । तर, अहिले पुनः मतदान सुरु भइसकेको खतिवडाले बताए ।
भनिन्छ राजनीति जस्तो कठोर क्षेत्र अर्काे कुनै हुँदैन । स्वार्थ मिल्दासम्म अंकमाल गर्ने र स्वार्थमा धक्का लाग्ने वित्तिकै एक अर्काेलाई सिध्याउने गरि नै ढाल्ने, ढलाउने र मार्ने-मराउने सम्मका काम हुन्छ ।