कोही १० घण्टा हिडेरै भोट हाल्न गए,काेही स्टेचरमै,किरियापुत्रीले पनि हाले,पदमसिंह भने भाेट दिए लगत्तै स्वर्गवास भए

May 13, 2022 04:02 PM merolagani

सुवास निरौला

के गाँउ के शहर सबैतिर उत्साहपूर्ण रूपमा मतदान सम्पन्न भएकाे छ।  पाँच वर्ष आउने स्थानीय सरकार बनाउने निर्बाचनमा आ आफ्नो अमुल्य मतको सदुपयोग गरे। जस्तासुकै परिस्थितिकाबीच पनि आम सर्बसाधारणले मतदानमा देखाएको सक्रियता सह्रानीय छ।

हुम्ला जिल्लाको ताजाँकोट गाउँपालिका-३ मासपुर गाउँका जनताले १० घण्टा पैदल हिँडेर भएपनि  निर्वाचनमा सहभागिता जनाए। उनीहरु निर्वाचनमा सहभागी हुनअघिल्लो दिनै बास बस्ने गरी मतदान केन्द्र आइपुगेका थिए। ४५ जनाको समूह बनाएर आएका उनीहरु थापागाउँस्थित कैलाश आधारभूत विद्यालय मतदान गरेर फर्किए। नजिकै रहेको बिद्यालयमा मतदान केन्द्र बनाउन अनुरोध गरेपनि उनीहरूकाे अनुरोध सरकारले सुनेन। सरकारले अनुरोध अस्वीकार नगरेपनि जनताले आफ्नो कर्तब्य भने बिर्सिएनन्।  

हुन त स्थानीय सरकारसँग सर्वसाधारणको धेरै चित्त दुखाइ हुन्छ। अखिर चित्त आफ्नै मान्छेसँग दुखाउने हो। यस्तै खालको प्रवृत्ति मतदानमा आउनेहरुमा देखियो। बिरामी भएर थलै परेका अवस्थामा समेत स्थानीय सरकार राम्रो मानिसको हातमा जाओस् भन्ने मनसायका साथ तनहुँको ब्यास नगरपालिका–८ का ९९ वर्षीया विर्खसिं गुरुङले स्टेचरमा आएर मतदान गरे। उनले आफैले भोट दिन नसके पनि छोरा नारायण गुरुङ मार्फत मतदान गरे।

बिरामी हुँदा समेत स्थानीय सरकारमा अर्कैले राज गर्ला कि भन्ने चिन्ताले खाएपछि काठमाडौंको नागार्जुन नगरपालिका अन्तर्गत भीमढुंगाका ९६ वर्षीय काइँला तामाङ अक्सिजन सिलिण्डर लगाएरै भएपनि मतदान केन्द्रसम्म पुगे। भीमढुंगाको बालबोध मावि रहेको मतदान केन्द्रमा उनले मतदान गरे। उनी आँफै आउन नसक्ने भएपछि नाती नमराज तामाङलाई बोक्क लगाएरै भएपनि उनले मतदान गर्ने आफ्नो इच्छा भने पुरा गरेरै छाडे। 

जति जति उमेर बढ्दै जान्छ त्यति त्यति आफ्नो भन्दा पनि आउने सन्ततिको चिन्ताले बृद्ध बृद्धालाइ सताउँछ। त्यसैले आउने सन्ततिको लागि राम्रो सरकारको कल्पना गर्दै उमेरले सय बर्ष नाघि सकेकी बृद्धालाइ समेत स्थानीय निर्वाचनले शुक्रबार मतदान केन्द्रसम्म पुर्यायो। रोल्पा जिल्ला थवाङकी १०१ वर्षीया पुणी घर्तीनीले यस पटको निर्वाचनमा मतदान गरिन्। थवाङ गाउँपालिका वडा नं.१ को मतदान केन्द्रबाट उनले मतदान गरेकी हुन्।

यस पटकको निर्वाचनमा पाको उमेर भएकारहरुले समेत उमेर कै जस्तो जोश देखाउदै मतदान गरे। भलै शरिरले साथ नदिएपनि उनीहरुको मनले भने मत नखसाली घरमै बस्न दिएन। जसले गर्दा पनि ११३ वर्षीया गोपीमाया पोख्रेलको समेत शुक्रबारको निर्वाचन मत खस्यो। तनहुँको भानु नगरपालिका वडा नं. ५ को महादेवता प्रावि मतदान केन्द्रमा उनको मत खसेको हो। उनले  औपचारिकताको लागि मात्रै मत खसालिनन् परिवारको सहयोगमा मतदान केन्द्रमा पुगेकी उनले यो उमेरमा मतदान गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया समेत स्थानीय पत्रकारलाइ दिन भ्याइन्।

आँफैलाइ जन्म दिने आमाले छोडेर गएको १३ दिन पनि नपुगेको त्यस्तो शोकको घडिको समेत नेपाली जनता आफ्नो कर्तब्य निर्वाह गर्न चुकेनन्। समय गतिशील छ। गतिशील समयमा अनेकन दु:ख सुखको सामना गर्नुपर्छ। दुख: सुखकाबीच पनि केहि आफ्ना लागि,समाजकालागि,राष्ट्रकालागि अनि समग्र संसारकै लागि मानिसका आफ्नै कर्तब्य हुन्छ। तिनै कर्तब्य मध्ये मतदान गर्नु पनि एक परम कर्तब्य हो। जुन मुगुको खत्याड गाउँपालिका-८ सुकाढिक गाउँका ३ दाजुभाइलाई आमाको सर्वगबासको पीडाबीच पनि कर्तब्य निर्बाह गर्न बाध्य बनायो। उनीहरुले आमाको किरिया बसेकै बेला पनि मतदान गरे।

जीवन रहुन्जेल त कर्तब्य निर्वाह गर्नैपर्छ। जीवनको उत्तराद्ध समेत मतदान गरेर मात्रै प्राण त्याग्नु भनेको चाँहि सबैको भाग्यमा हुँदैन। आफुले जसलाइ मत खसालेको हो उसैले जित्यो या हार्यो भन्ने पनि थाहा नपाउँदै यस पटकको स्थानीय निर्वाचनमा मत खसाले लगत्तै एक बृद्धको स्वर्गवास भयो। दार्चुला जिल्ला महाकाली नगरपालिका-४ का ७८ वर्षीय पदमसिंह बुढाथोकीको निधन भएको हो। मतदान गरेर फर्किए लगत्तै उनको प्राण पखेरु उडेको हो। सदरमुकाम खलंगास्थित महाकाली नगरपालिका वडा नम्बर ४ को महेन्द्र नमूना मतदान केन्द्रमा उनले मतदान गरे।

जस्ता सुकै परिस्थितिकाबीच शुक्रबार आम सर्वसाधारणले मतदान गरेका छन्। बलियो स्थानीय सरकारको कल्पना गर्दै नागरिकले आफ्नो कर्तब्य पालना गरेका हुन्। जनताले निभाउने कर्तब्य त साझ पाँच बजे नै सकिएको छ। जनताले गरेको फैसला अहिले मत पेटिकामा कैद छ। जनताले के कस्तो फैसला गरे त्यसको परिणाम भने मत पेटिका खुलेपछि नै थाहा हुने छ। तर जनताले गरेको फैसला कहिल्यै गलत हुदैन। किनकि जनता जनार्दन सबैभन्दा माथि हुन्छन्। उनीहरुले गरेको फैसला र उनीहरुले दिएको जिम्मेवारी बहन गर्न भने निर्वाचित प्रतिनिधि कतिकाे सफल हुन्छन् त्यो भने भविष्यले नै देखाउला।   

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।