रिभर फल्सको आईपीओ आज बाँडफाँट हुने, साढे दुई लाखले मात्रै शेयर पाउने

May 23, 2022 04:48 PM Merolagani



रिभर फल्स पावर लिमिटेडले बैशाख २८ गतेदेखि जेठ ४ गतेसम्म निष्काशन गरेको आईपीओ आज सोमबार बाँडफाँट हुने भएको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आज साँझ ४ बजे, प्रभु क्यापिटलको कार्यलयमा बाँडफाँट हुने भएको हो ।

क्यापिटलले शुक्रबार प्रिअलटमेन्ट सम्पन्न गरी आज कम्पनीकाे शेयर बाँडफाँट गर्न लागेको हो ।

 कम्पनीको आईपीओमा पछिल्लो तथ्यांक अनुसार १८ लाख ३८ हजार ४३१ जना आवेदकबाट २ अर्ब ११ करोड ३२ लाख ९२ हजार रुपैयाँ बराबरको २ करोड ११ लाख ३२ हजार ८२० कित्ता शेयरको लागि आवेदन परेको थियो ।

कम्पनीले बैशाख २८ गते बुधबारदेखि प्रतिशेयर १०० अंकित मूल्यका २७ लाख ३० हजार कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो ।

जसमध्ये २ प्रतिशत अर्थात ५४ हजार ६०० कित्ता शेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १ लाख ३६ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ । सर्वसाधारणलाई बाँकी रहेको २५ लाख ३८ हजार ९०० कित्ता शेयर मात्रै वितरण हुनेछ ।

कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार वितरण हुनेछ । त्यस अनुसार न्यूनतम १० कित्ताको दरले शेयर वितरण गर्दा २ लाख ५३ हजार ८९० जनाले शेयर पाउनेछन् ।

 




१९ कम्पनीले गरे लाभांश घोषणा, कुन कम्पनीको शेयर किन्दा अझै पाइन्छ लाभांश ?

Oct 08, 2025 06:00 PM

साधारणतया आर्थिक वर्ष सकेपछिकाे पहिलो ६ महिना सूचीकृत कम्पनीहरुले आफ्नो गच्छेअनुसार लाभांश बाँड्ने समय हो । कम्पनीहरुले पुस मसान्त अगाडि नै साधारण सभा गर्ने हुँदा त्यस अगाडि चौथो त्रैमासिक वित्तीय विवरण विश्लेषण गरेर लगानी गर्ने गर्दछन् ।