रिभर फल्सको आईपीओ आज बाँडफाँट हुने, साढे दुई लाखले मात्रै शेयर पाउने

May 23, 2022 04:48 PM Merolagani



रिभर फल्स पावर लिमिटेडले बैशाख २८ गतेदेखि जेठ ४ गतेसम्म निष्काशन गरेको आईपीओ आज सोमबार बाँडफाँट हुने भएको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आज साँझ ४ बजे, प्रभु क्यापिटलको कार्यलयमा बाँडफाँट हुने भएको हो ।

क्यापिटलले शुक्रबार प्रिअलटमेन्ट सम्पन्न गरी आज कम्पनीकाे शेयर बाँडफाँट गर्न लागेको हो ।

 कम्पनीको आईपीओमा पछिल्लो तथ्यांक अनुसार १८ लाख ३८ हजार ४३१ जना आवेदकबाट २ अर्ब ११ करोड ३२ लाख ९२ हजार रुपैयाँ बराबरको २ करोड ११ लाख ३२ हजार ८२० कित्ता शेयरको लागि आवेदन परेको थियो ।

कम्पनीले बैशाख २८ गते बुधबारदेखि प्रतिशेयर १०० अंकित मूल्यका २७ लाख ३० हजार कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो ।

जसमध्ये २ प्रतिशत अर्थात ५४ हजार ६०० कित्ता शेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १ लाख ३६ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ । सर्वसाधारणलाई बाँकी रहेको २५ लाख ३८ हजार ९०० कित्ता शेयर मात्रै वितरण हुनेछ ।

कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार वितरण हुनेछ । त्यस अनुसार न्यूनतम १० कित्ताको दरले शेयर वितरण गर्दा २ लाख ५३ हजार ८९० जनाले शेयर पाउनेछन् ।

 




नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।