सुनचाँदीको मूल्यमा घटबढ जारी, बिहीबार कतिमा हुँदैछ कारोबार?

May 26, 2022 11:39 AM Merolagani



सुनचाँदीको मूल्यमा घटबढ हुने क्रम जारी रहेको छ । जेठ १२ गते, बिहीबार सुनचाँदीको मूल्य गिरावट भएको छ । यस दिन सुन तोलामा ४०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रतितोला ९७ हजार ३०० रुपैयाँमा झरेको छ ।

बुधबार भने सुन महंगिएको थियो। त्यस दिन सुन तोलामा २०० रुपैयाँले बढ्दा प्रतितोला ९८ हजार २०० रुपैयाँ पुगेको थियो ।

बिहीबार चाँदीको भाउ पनि घटेको छ । यस दिन चाँदी तोलामा पाँच रुपैयाँले ओरालो लाग्दा प्रतितोला एक हजार २७० रुपैयाँमा खरिदबिक्री हुँदैछ । अघिल्लो कारोबार दिन, चाँदी पाँच रुपैयाँले वृद्धि हुँदा प्रतितोला एक हजार २७० रुपैयाँ पुगेको थियो ।




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।