ओलीले भने ‘सरकारको नीति तथा कार्यक्रम शब्दजालको पुलिन्दा, तेलमा तारिएको तर, चास्नीमा डुवाउन बाँकी जेरी जस्तो’

May 26, 2022 01:05 PM Merolagani

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारको नीति तथा कार्यक्रम अस्थिताकै घोषणापत्र रहेको बताएका छन ।

नीति तथा कार्यक्रममाथि संसदमा भएको छलफलमा भाग लिँदै ओलीले नीति तथा कार्यक्रमलाई अस्थिरताकै घोषणापत्रको संज्ञा दिएका हुन् ।

उनले शब्दजालको पुलिन्दा, तेलमा तारिएको तर, चास्नीमा डुवाउन बाँकी जेरी जस्तो भएको बताए ।

नीति तथा कार्यक्रमले राज्य संयन्त्रमा अनिश्चियको संकेत गरेको, भ्रष्टाचारलाई मार्गप्रशस्त गरेको भन्दै उनले भने, ‘यो दस्तावेज देशमा स्थिरता र स्थायित्व हुन नदिने अस्थिरताका सम्वाहक शक्तिबाट अस्थिरताका चहनाका साथ बनाइएको अस्थिताकै घोषणापत्र हो ।’

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।