दोर्दी खोला जलविद्युतको आईपीओ बाँडफाँट

May 27, 2022 08:06 AM Merolagani



दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले जेठ १२ गते, बिहीबार आईपीओ बाँडफाँट गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको हो।

कम्पनीले बैशाख १३ गतेदेखि जेठ ५ गतेसम्म आयोजना प्रभावित क्षेत्र अर्थात लमजुङ्ग जिल्लाको दोर्दी गाउँपालिकाका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले जारी पूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँको १० प्रतिशतले हुन आउने १० करोड ५४ लाख २६ हजार ४० रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका १० लाख ५४ हजार २६० कित्ता साधारण शेयर बिक्री गरेको थियो। सोमध्ये ७ लाख ५६ हजार ४२० कित्ता शेयर बिहीबार बाँडफाँट गरिएको हो।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। शेयर बाँडफाँट सम्बन्धी विवरण क्यापिटलको वेबसाइटमा हेर्न सकिनेछ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।