दुई हाइड्रोपवार कम्पनी हकप्रद निष्काशनको अनुमति माग्दै बोर्ड पुगे

May 27, 2022 05:23 PM Merolagani

नेपाल धितोपत्र बोर्डमा दुई हाइड्रोपवार कम्पनीले हकप्रद निष्काशनकाे लागि अनुमति माग्दै आवेदन दिएका छन् । ङादी ग्रुप पावर लिमिटेड (NGPL) र वरुण हाइड्रोपावर कम्पनीले हकप्रद शेयर निष्काशन गर्न अनुमति माग्दै बोर्डमा आवेदन दिएको हुन् ।

ङादी ग्रुप पावरले १५० प्रतिशत अर्थात १ एक कित्ता बराबर १.५ अनुपातमा एक अर्ब ६ करोड ३ लाख ९८ हजार ६०० रुपैयाँ बराबरको १ करोड ६ लाख ३ हजार ९८६ कित्ता शेयर निष्काशन गर्न बोर्डमा आवेदन दिएको छ ।

हाल कम्पनीको चुक्ता पूँजी ७० करोड ६९ लाख ३२ हजार ४०० रुपैयाँ रहेको छ । त्यसको १५० प्रतिशत हकप्रद निष्काशन गरेपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ७६ करोड ७३ लाख ३१ हजार रुपैयाँ पुग्नेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।

यस्तै बरुण हाइड्रोपावर कम्पनी (BARUN) ले पनि शत प्रतिशत हकप्रद निष्काशन गर्न बोर्डमा आवेदन दिएको छ । कम्पनीले १ बराबर १ अनुपातमा २६ करोड ७९ लाख ७ हजार ५०० रुपैयाँ बराबरको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद शेयर बिक्री गर्न अनुमति मागेको हो ।

कम्पनीको हाल २६ करोड ७९ लाख ७ हजार ५०० रुपैयाँ चुक्ता पूँजी रहेको छ । शत प्रतिशत हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ पुग्नेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ रहेको छ ।

ङादी ग्रुप पावर र वरुण हाइड्रोपावर कम्पनीलाई विद्युत नियमन आयोगले गत बैशाख २३ गते हकप्रद निष्काशन गर्न स्वीकृति दिएको थियो । हकप्रद निष्काशनको लागि आयोगले स्वीकृति दिएपछि दुबै कम्पनी अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेको हो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।