यसैगरी, बिहीबार मात्र ग्लोबल आइएमई बैंकसँग मर्जरमा गएको बैंक अफ काठमाण्डूले गाउँदै आएको ‘वी मेक यूवर लाइफ इजियर’ को नारा पनि अब घन्कन छाड्ने छ । अब बैंक अफ काठमाण्डूले पनि ग्लोबल आइएमई बैंकको नारा ‘बैंक फर अल’ घन्काउने छ।
त्यति मात्र होइन्, बैंक अफ काठमाण्डूको नाम पनि ग्लोबल आइएमई बैंकको पछाडि अर्थात ग्लोबल आइएमई बिओके हुने भएको छ । अब बैंक अफ काठमाण्डूको नाम पुच्छरमा मात्र झुन्डिने छ ।
हुन त यसअघि पनि तत्कालिन लुम्बिनी बैंक बैंक अफ काठमाण्डूसँग मर्जर भएको थियो । मर्जर भएपछि बैंक अफ काठमाण्डू लुम्बीनीका नाममा सञ्चालनमा आएको उक्त बैंकले केही वर्षदेखि पुच्छरमा लुम्बिनी झुण्डाएको मागलाई हटाएर बैंक अफ काठमाण्डू मात्र भएको थियो । अहिले लुम्बिनी बैंकको नाम निसाना नै छैन् ।
एकताका चर्चित बनेका बैंकको अहिले नाम निसाना छैन् । ‘नेपाली जनताको बैंक’ भन्ने नारा घन्काउँदै आएको जनता बैंकको नाम पनि अहिले गुमनाम भएको छ । अहिले लुम्बिनी बैंकका संस्थापक, सर्वसाधारण शेयरधनी र खातावालहरुले समेत ‘नेपाली जनताको बैंक’ को नारा लगाउन छाडेर ग्लोबल आइएमई बैंकको नारा ‘बैंक फर अल’ घन्काइ रहेका छन् ।
वर्षअघि सबैभन्दा चर्चामा रहेको किष्ट बैंक एकाएक प्रभुमा मर्ज हुन पुग्यो । किष्ट बैंकका तत्कालीन प्रबन्ध सञ्चालक कमल ज्ञवाली कर्जा अपचलनमा परेपछि उक्त बैंक समस्यामा परेसँगै प्रभुमा बिलय भयो । पहिला लोगो भित्र सानो अक्षरमा अगेजीमा किष्ट राखिएको थियो । अहिले उक्त अग्रेजी अक्षर पनि हटाएर बैंकको नाम निशाना छैन् ।
यसैगरी, तत्कालीन ग्राण्ड बैंक समस्या परेपछि त्यो पनि प्रभु बैंकमा गाभियो । प्रभु बैंकले ‘समृद्धिसँग जोडौ नाताः सबै नेपालीको बैंक खाता’ भन्ने नारा लगाउँदै आएको छ । ग्राण्ड बैंकको पनि अहिले नाम निसाना छैन् ।
त्यसैगरी, तत्कालिन नेपाल इन्ड्रष्टियल एण्ड कमर्शियल बैंक (एनआइसी) ले बैंक अफ एशियालाई गाभ्यो । अहिले उक्त बैंक एनआइसी एशिया बैंकको नाममा सञ्चालनमा छ । अहिले उक्त बैंकले ‘बैंक पनि साथी पनि’ नारा घन्काइरहेको छ । एनआइसी बैंकले एशिया पुच्छरमा गाँसेर एनआइसी एशिया बनाएको छ ।
पहिला नाम चलेका केही वाणिज्य बैंक गुमनाम भएजस्तै विकास बैंक र वित्त कम्पनी पनि मर्जमा गएर नाम हराएको छ । केही वर्षअघि २१८ बैंक तथा वित्तीयसम्म पुगेका थिए । अहिले १२७ मा झरेका छन् ।
नेपालमा बैंक तथा वित्तीय संस्था आपसमा गाभ्न र गाभिनका लागि सरकारले दशकअघि प्रोत्साहनको नीति अबलम्बन गर्यो । त्यसपछि बैंक तथा वित्तीय संस्था गाभिने र गाभ्ने क्रम सुरु भएको हो ।
२०७२÷७३ को मौद्रिक नीतिमार्फत् २०७४ असार मसान्तसम्म ४ देखि २५ गुणाले पुँजी बढाउनु पर्ने व्यवस्था गर्यो । यसले पनि धेरै संस्थाहरु मर्जरमा जान बाध्य भएका थिए ।
मर्जर र एक्वायरकै कारण गत बैंशखमसान्तसम्म नेपालमा २७ वाणिज्य बैक, १७ विकास बैंक र १७ फाइनान्स कम्पनी, ६५ वटा लघुवित्त संस्था र १ पूर्वाधार विकास बैंक सञ्चालनमा छन् ।
राष्ट्र बैंकको पुँजी वृद्धिको नीतिमा सबैभन्दा बढी विकास बैंक र फाइनान्स कम्पनीहरु मर्जर र एक्विजिसन भए । केही समय पहिला ८९ को संख्यामा रहेका विकास बैंक हाल १७ र ७६ वटा रहेका फाइनान्स कम्पनी १७ वटामा झरेका छन् । यो अवधिमा ४ वटा वाणिज्य बैंक मर्जर तथा प्राप्तिमा सामेल भएर हाल २७ वटामा झरेका छन् । नबिलमा नेपाल बंगालादेश र ग्लोबल आइएमई बैंकमा बैंक अफ काठमाण्डू मर्जर भएपछि बैंकको संख्या वाणिज्य बैंको संख्या २५ मा झर्दै छ ।
अहिले पनि हिमायलन, सिभिल, एनसिसी, सेन्चुरीलगायतका बैंकहरु मर्जरमा जाने तयारी गरेका छन् । यदि उनीहरु पनि एक्विजिसनमा गए भने नाम निसाना हराउने छ र उनीहरुले वर्षौदेखि गुन्जदै आएका नारा पनि सेलाउने छन् ।