इन्धनको मूल्य ह्वातै बढेपछि सार्वजनिक यातायातको भाडा ७ प्रतिशतसम्म बढ्यो, यस्तो छ नयाँ भाडादर(सूचीसहित)

Jun 20, 2022 12:55 PM Merolagani



सरकारले इन्धनको मूल्य ह्वातै बढाएपछि सार्वजनिक सवारीसाधनको भाडा पनि भारी दरले बढेको छ ।

यातायात व्यवस्था विभागले सोमबार एक सूचना जारी गर्दै अन्तरप्रदेश यात्रुबाहक तथा मालबाहक यातायातमा भाडा अधिकतम ७.७ प्रतिशतसम्म भाडा बढाएको हो ।

नेपाल आयल निगमले पेट्रोल प्रतिलिटर २१ रुपैयाँ तथा डिजेल÷मट्टितेलमा २७ रुपैयाँ बढाएको थियो । हाल पेट्रोल प्रतिलिटर १९९ रुपैयाँ र डिजेल/मट्टितेल प्रतिलिटर १९२ रुपैयाँ कायम भएको छ ।

डिजेलको मूल्य २७ प्रतिशत बढेकाले सोअनुसार भाडा समायोजन विभागले सूचना मार्फत जानकारी गराएको हो ।

विभागका अनुसार अन्तरप्रदेश सार्वजनिक यात्रुबाहक सवारी साधनमा ५.३० प्रतिशतले भाडा बढेको छ ।

त्यस्तै पहाडी बाटोमा चल्ने मालबाहक सवारी साधनमा ६.९४ तथा तराईमा चल्ने मालबाहक सवारीसाधनमा ७.७ प्रतिशत भाडा बढेको छ ।

यस्तो छ नयाँ भाडा दर

 





अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।