१० अर्बको अप्टिकल फाइबर परियोजनाः ६ हजारमध्ये १६ सय किमी मात्रै फाइबर विच्छ्याइयो

Jun 22, 2022 08:32 PM Merolagani



करिब ६ बर्ष पहिले अघि बढेको सूचना महामार्ग (अप्टिकल फाइवर व्याकवोन नेटवर्क) को काम १६ सय किलोमिटर मात्रै सम्पन्न भएको छ ।

तीन ओटा प्याकेजमा वर्गिकरण गरि सातै प्रदेशमा उच्च गतिको इन्टरनेट पुर्याउने उद्देश्यले अगाडी बढाइएको १० अर्बको परियोजना अहिलेसम्म लथालिङ्ग अवस्था छ ।

तीन प्याकेज मध्ये दुई ओटा प्याकेज प्रदेश १, मधेश प्रदेश,बागमति प्रदेश तथा सूदुरपश्चिम र कर्णाली प्रदेशमा अप्टिकल फाइबर विस्तारको काम भने नेपाल टेलिकमले पाएको थियो ।

त्यस्तै लुम्बिनी र गण्डकी प्रदेशको काम भने युनाइटेड टेलिकमले पाएको थियो । दूरसञ्चार प्राधिकरणले हालै सार्वजनिक गरेको प्रतिवेदन अनुसार हालसम्म नेपाल टेलिकमले पाएको दुई ओटा प्याकेजमा १६ सय २६ किलोमिटर मात्रै अप्टिकल व्याकबोन नेटवर्क विच्छायाएको छ ।

टेलिकममा नयाँ नेतृत्व आएपनि अप्टिलक फाइबरको काम भने अपेक्षा अनुसार बढ्न सकेको छैन । युनाइटेड टेलिकमले पाएको लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा भने ठेक्का पाएको ६ बर्षसम्म पनि अप्टिकल व्याकबोनको काम अलपत्र छ ।

युनाइटेड टेलिकमले ठेक्का पाएको दुई बर्षसम्म काम सुरु नगरेपछि दूरसञ्चार प्राधिकरणले ठेक्का सम्झौता रद्द गर्ने निर्णय गर्यो । तर,युनाइटेड टेलिकम ठेक्का सम्झौता खारेज नगर्न माग राख्दै सर्वोच्च पुगेपछि अदालतले खारेज नगर्न अल्पकालीन आदेश दियो ।

 

तर,हालसम्मपनि युटिएलको अप्टिकल फाइबर ठेक्काको बिषय बिचाराधीन रहेको छ । सातै प्रदेशका राजमार्ग,सदमुकाम जोडने राजमार्गमा अप्टिकल फाइबल बिच्छ्याएर उच्च गतिको इन्टरनेटको पहुँच पुर्याउन दूरसञ्चार प्राधिकरणले दूरसञ्चार कोषको रकम परिचालन गरि यो परियोजना अघि बढाएको थियो ।

जसका लागि झन्डै १० अर्ब रुपैयाँ बजेट छुट्याएपनि हालसम्म एक अर्ब १४ करोड मात्रै भुक्तानी भएको छ ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।