सरकारी कडाईका बाबजुद १७ खर्ब ६३ अर्बको आयात, निर्यात पनि झन्डै २ खर्ब

Jun 21, 2022 06:34 PM MeroLagani

सरकार र केन्द्रीय बैंकले सामान आयातमा कडाईका बाबजुद पनि जेठ महिनासम्ममा १७ खर्ब ६३ अर्ब रुपैयाँको सामान आयात भएको छ ।

भन्सार विभागले उपलब्ध गराएको तथ्यांक अनुसार चालु आर्थिक वर्षको जेठ महिनासम्म अघिल्लो वर्षको जेठ महिनाको तुलनामा २७.५ प्रतिशतले आयातमा वृद्धि भएको छ । गत आवको ११ महिनामा १३ खर्ब ८३ अर्ब रुपैयाँको सामान आयात भएको थियो ।

नेपालले चालु आवको ११ महिनामा १ खर्ब ८५ अर्ब रुपैयाँको सामान निर्यात गरेको छ जुन अघिल्लो वर्षको सोही महिनाको तुलनामा ५३.३ प्रतिशत वृद्धि हो । जेठ मसान्तसम्म व्यापार घाटा २५ प्रतिशतले बढेर १५ खर्ब ७७ अर्ब रुपैयाँ पुगेको छ । नेपालको आयात निर्यात अनुपात ११ महिनासम्ममा ९.४९ गुणा रहेको छ । जुन अघिल्लो वर्षको तुलनामा १८.३ प्रतिशतले बढी हो । नेपालको कुल व्यापारमा आयातमा हिस्सा ९०.४७ प्रतिशत रहेको छ । यो अघिल्लो वर्ष भन्दा १.६ प्रतिशतले कम हो ।

नेपालले सबैभन्दा धेरै एक खर्ब ४५ अर्ब को डिजल, पेट्रोल ६२ अर्ब ९१ करोड र एलपीजी ग्यास ५९ अर्ब १६ करोड र सुन २६ अर्ब रुपैयाँ बराबरको आयात भएको छ । त्यस्तै सोयाबिन तेल, पाल्म तेल र सनफ्लावर तेल बढी आयात भएको छ । कच्चा सोयाविन तेल ३५ अर्ब ४४ करोड, पाल्म तेल २९ अर्ब ६५ करोड र कच्चा सनफ्लावर तेल १४ अर्ब ६७ करोड रुपैयाँको आयात भएको छ । यी वस्तुहरुलाई केही प्रशोधन गरेर नेपालले निर्यात गर्ने गरेको छ । केही प्रतिशत मात्रै भ्यालु एडिसन गरेर निर्यात हुने हुँदा पछिल्लो समय नेपालको निर्यात व्यापार पनि झन्डै ५३.३ प्रतिशतले बढेको देखिएको छ ।

यस्तै, निर्यात हुने धेरै वस्तुहरुमा पनि पाम, सोयाबिन, सनफ्लावर तेल अगाडि छन् भने यसपछि अलैंची र विविध किसिमका धागो रहेका छन्। ११ महिनासम्मको तथ्यांक अनुसार सोयाविन तेल ४६ अर्ब ५८ करोड, पाम तेल २४ अर्ब ६३ करोड, सनफ्लावर तेल ४ अर्ब ४५ करोड रुपैयाँको निर्यात भएको छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।