दोर्दी खोलाको आइपीओ बाँडफाँट, भाग्यमानी ९ जनाले पाए ११ कित्ता

Jun 22, 2022 09:26 AM Merolagani



असार ८ गते, बुधबार, दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले जेठ २६ गतेदेखि निष्काशन गरेको आईपीओ आज बिहान ९ बजे बाँडफाँट भएको हो। कम्पनीको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा सो आईपीओ बाँडफाँट गरिएको हो।

कम्पनीको आइपीओमा १४ लाख ७१ हजार ६६५ आवेदन परेको थियो। सोमध्ये १४ लाख ७० हजार ७८३ आवेदन स्वीकृत भएको छ भने बाँकी ८८२ आवेदन रद्द भएको क्यापिटलले जनाएको छ। स्वीकृत आवेदनमध्ये २ लाख १ हजार ९८६ आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर पाएका छन्। सोमध्ये पनि भाग्यमानी ९ जनाले थप एक कित्ता प्राप्त गरेका छन्। अर्थात भाग्यमानी ९ आवेदकले ११ कित्ता पाएका छन्।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुलाई छुट्टाइएको शेयर बाँडफाँट गरी बिक्री हुन बाँकी रहेको २ लाख ९७ हजार ८४० कित्ता सहित गरी प्रतिकित्ता १०० अंकित दरका २१ लाख ९५ हजार ५०९ कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो।

त्यसमध्ये ३ प्रतिशत अर्थात ६५ हजार ८६५ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १ लाख ९ हजार ७७५ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको छ। बाँकी २० लाख १९ हजार ८३९ कित्ता शेयर मात्रै सर्वसाधारण लगानीकर्तामा वितरण गरिएको हो।

माग भन्दा बढी आवेदन परेकोले कम्पनीको शेयर धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताको दरले शेयर वितरण गरेको हो।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।