सानिमा लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन

Jun 22, 2022 09:39 AM Merolagani



असार ८ गते, बुधबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सानिमा लाइफ इन्स्योरेन्स (SLI) को शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले यस दिन इन्स्योरेन्सको ४.२० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात इन्स्योरेन्सको शेयरमूल्य ३५२ रुपैयाँ २१ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात मंगलबार, इन्स्योरेन्सको शेयर प्रतिकित्ता ३६७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

इन्स्योरेन्सले लाभांश प्रस्ताव पारित गर्न असार २० गते चौथो वार्षिक साधारण सभा डाकेको छ। सो सभा स्मार्ट दरबार ब्यांक्वेट, धुम्बाराही, काठमाडौँमा बिहान १० बजे शुरु हुनेछ। सभाको मिटिङ्ग आईडि र पासवर्ड इमेल मार्फत उपलब्ध गराइने इन्स्योरेन्सले जनाएको छ।

सभाले हाल कायम चुक्ता पूँजीको कुल ४.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। जसमध्ये ४.२ प्रतिशत बोनस शेयर रहेको छ भने ०.२२ प्रतिशत कर प्रयोजनार्थ रहेको छ।

यसका साथै सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न र अन्य जीवन बीमा कम्पनीसँग एक आपसमा गाभिने सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र सर्वसाधारण शेयरधनी समूहको तर्फबाट एक जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित गर्नेछ।




प्रधानमन्त्रीले व्यवसायीका कुरा डायरीमा नोट गर्दैनन्, मन्त्रीहरू नराखी व्यवसायीहरुलाई भेट्नुकाे रहस्य खुल्याे

Jul 22, 2026 01:02 PM

सुवास निरौला

आजभोलि सिंहदरबारको मूल गेटबाट प्रधानमन्त्रीलाई भेटेर बाहिरिने विभिन्न क्षेत्रका व्यवसायी र प्रतिनिधिहरूको अनुहारमा एउटा भिन्नै किसिमको चमक देखिन्छ।