तीन कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत

Jun 22, 2022 04:09 PM Merolagani



नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेमा जानकी फाइनान्स (JFL) , एनएलजी इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको हो ।

बुधबार जानकी फाइनान्सको ९ लाख ६१७ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गरेको १५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

 यस्तै एनएलजी इन्स्योरेन्स (NLG) को पनि १२ लाख ६ हजार १३.०५ किता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । मंगलबार कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गरेको १० प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

प्रभु इन्स्योरेन्स (PRIN) को पनि १२ लाख ७८ हजार ९२.५६ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ११ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

ती वटै कम्पनीको बोनस शेयर, सम्बन्धित शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।

 




अब सुचिकृत कम्पनीको शेयर मूल्य एकैदिन १५ प्रतिशतसम्म घटबढ हुन पाउने, प्री ओपन सेसनको सिमा ५ %

Apr 09, 2026 01:14 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले शेयर बजारको कारोबारलाई थप फराकिलो र चलायमान बनाउन ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ मा ठुलो संशोधन गरेको छ।