तीन कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत

Jun 22, 2022 04:09 PM Merolagani



नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेमा जानकी फाइनान्स (JFL) , एनएलजी इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको हो ।

बुधबार जानकी फाइनान्सको ९ लाख ६१७ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गरेको १५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

 यस्तै एनएलजी इन्स्योरेन्स (NLG) को पनि १२ लाख ६ हजार १३.०५ किता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । मंगलबार कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गरेको १० प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

प्रभु इन्स्योरेन्स (PRIN) को पनि १२ लाख ७८ हजार ९२.५६ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ११ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

ती वटै कम्पनीको बोनस शेयर, सम्बन्धित शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।

 




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।