पेट्रोलियम पदार्थमा मात्रै बाहिरियो गत वर्षभन्दा १ खर्ब २५ अर्ब रुपैयाँ बढी रकम, मुल्यबृद्धिले झनै धेरै रकम मुलुक बाहिर जान थाल्यो

Jun 23, 2022 12:15 PM Merolagani



चालु आर्थिक वर्षको ११ महिनामा पेट्रोलियम पदार्थको आयातमा बाहिरिने रकम झण्डै दोब्बरले बढेको छ। पेट्रोलियम पदार्थको मूल्य लगातार बढ्दै जाँदा ती वस्तुको आयातमा ह्वातै रकम बाहिरिन थालेको हो।

जेठ महिनासम्म्मा पेट्रोल डिजेल र खाना पकाउने ग्यासको आयातबाट २ खर्ब ६७ अर्ब रुपैयाँ बाहिरिएको छ। गत वर्षको यसै अवधिमा १ खर्ब ४१ अर्ब रुपैयाँ बाहिरिएको थियो।

पछिल्लो समय रुस र युक्रेनको युद्धको कारण अन्तराष्ट्रिय क्षेत्रमा नै अधिकांश वस्तुको मूल्यबृद्धि भएको छ भने अर्कोतिर डलरको भाउ बढ्दा पनि आयातित वस्तु खरिद गर्दा विदेश जाने रकम बढेको देखिन्छ।

यस वर्ष डिजेलको आयातबाट मात्रै १ खर्ब ४५ अर्ब २१ करोड रुपैयाँ बाहिरिएको छ। गत वर्ष डिजेल आयातमा ७९ अर्ब ४५ करोड रुपैयाँ बाहिरिएको थियो। गत वर्षको तुलनामा डिजेल आयातबाट ६५ अर्ब ७६ करोड रुपैयाँ बढी रकम बाहिरिएको भन्सार विभागको तथ्याँकले देखाउछ।

यसैगरी यही अवधिमा पेट्रोल आयातबाट ६२ अर्ब ९१ करोड रुपैयाँ बाहिरिएको छ। गत वर्ष २८ अर्ब ८० करोड रुपैयाँको पेट्रोल आयात भएकाेमा चालु आर्थिक वर्षको सोहि अवधिमा पेट्रोल आयातमा थप ३४ अर्ब ११ करोड रुपैयाँ बाहिरिएको छ।

ग्याँस आयातमा पनि झण्डै दोब्बर पैसा बाहिरिएको छ। गत वर्षको जेठसम्म्ममा ३३ अर्ब १५ करोड रुपैयाँको ग्याँस आयात भएकोमा चालु आर्थिक वर्षको सोहि अवधिमा ५९ अर्ब १६ करोड रुपैयाँको ग्याँस आयात भएको छ। यस वर्ष ग्याँस आयातबाट थप २६ अर्ब रुपैयाँ बाहिरिएको छ।

पेट्रोलियम पदाथएको आयातबाट बाहिरिने रकम झण्डै दोब्बर भए पनि आयातको परिमाण भने खासै बढेको छैन। गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा पेट्रोलको आयात ७२ हजार २३१ किलोलिटरले बढेको छ भने डिजेलको आयात १ लाख ३८ हजार ७५२ किलोलिटले बढेको छ। यस्तै ग्याँसको आयात पनि ४ करोड ७७ लाख ७३ हजार १३७ किलोले बढेको छ।

जेठसम्ममा १६ लाख २ हजार ४०८ किलोलिटर डिजेल, ६ लाख ७८ हजार ६७४ किलोलिटर पेट्रोल र ४८ करोड ९७ लाख १६ हजार १४० किलो ग्याँस आयात भएको छ।

पछिल्ले समय सरकारले केहि वस्तुको आयातमा कडाइ गरेको भए पनि धेरै आयात हुने वस्तुहरुमा चर्को मूल्यबृद्धि हुँदा आयात घट्न सकेको छैनन्। नेपालमा सबैभन्दा धेरै पेट्रोलियम पदार्थकै आयात हुन्छ। यस वर्ष डिजेलको आयात सबैभन्दा धेरै देखिन्छ। पछिल्लो समय अन्तराष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थको मूल्य उच्च दरमा बढेको छ। यसले गर्दा यी वस्तुको आयात गर्दा नेपालले पनि थप रकम तिर्नपर्छ।

पछिल्लो समय रुस र युक्रेन युद्धको कारण पेट्रोलियम पदार्थको मूल्य उच्च रुपले बढेको छ। यसले गर्दा ती वस्तुहरुको आयातमा बाहिरिने रकम बढ्दै गएको छ। धेरै वस्तुको आयात रोकिँदा पनि मूल्य बृद्धिका कारण आयातमा भने खासै कमी आउन सकेको देखिदैन

  • डलर बढ्दा पनि महँगियो आयात

पछिल्लो केही समय यता डलरको भाउ महंगिदा पनि आयात महंगिएको छ। अहिले अमेरिकी डलरको भाउ १२५ रुपैयाँको हाराहारी पुगेको छ। केहि समय अघिसम्म ११६ रुपैयाँ आसपासमा रहेको डलरको भाउ अहिले महंगिएर १२५ रुपैयाँ पुगेको छ।

नेपालले आयात गर्दा आयातित वस्तुको भुक्तानी अमेरिकी डलरमा गर्नुपर्ने हुन्छ। डलरको भाउ महंगिदा आयात गरिने वस्तुको मूल्य पनि केहि बढी पर्न जान्छ यसले गर्दा पनि कुल आयातको रकम बढाउन सहयोग पुर्याएको छ।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।