डलरको भाउमा नयाँ रेकर्ड, आयात र बैदेशिक ऋणको भार झनै बढ्ने

Jun 23, 2022 12:14 PM Merolagani



डलरको भाउ निरन्तर बढ्दो क्रममा देखिएको छ। पछिल्लो समय एकपछि अर्को रेकर्ड बनाउदै आएको डलरको भाउ बढ्ने क्रम अझै रोकिएको छैन।

बिहीबार डलरको भाउमा नयाँ रेकर्ड कायम भएको छ। नेपाल राष्ट्र बैंकको अनुसार मंगलबार अमेरिकी डलरको भाउ १२५ रुपैयाँ ७२ पैसा पुगेको छ। यो हालसम्मकै उच्च दर हो।

रुस र युक्रेनबीच चर्किएको द्वन्द्वका कारण डलरको भाउ उच्च दरले बढ्दै गएको हो। रुस र युक्रेनको युद्धका कारण भारतीय रुपैयाँ कमजोर भएको छ। भारुसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर छ। यसले गर्दा भारु कमजोर हुँदा नेपाल नेपाली रुपैयाँ समेत कमजोर भएको हो।

पछिल्लो केहि दिन यता डलरको भाउ लगातार बढ्दै गएको छ। डलर महंगिएसँगै नेपाली रुपैयाँ कमजोर बन्दै गएको छ। नेपालीले १ डलर साट्नको लागि १२५ रुपैयाँ ७२ पैसा खर्च गर्नु पर्ने भएको छ।

डलरको भाउ महंगिदै जाँदा आयात भने झनै महँगो हुने देखिएको छ। पछिल्लो समय उच्च आयातको कारण विदेशी विनिमय सञ्चिति लगातार घट्दै गएको छ। आयातमा कडाइको बाबजुद बैशाखमा पनि आयात झनै बढेको छ।

आयातको परिमाण धेरै नबढेको भए पनि मूल्य बृद्धिको कारण आयातमा धेरै पैसा बाहिरिएको हो। पेट्रोलियम पदार्थको मूल्य उच्च दरमा बढेको छ भने अन्य बस्तुमा पनि महंगी बढेको छ।

आयात गर्दा आयातकर्ताले डलरमा भुक्तानी दिनुपर्ने हुन्छ। डलर महंगिदा आयात गरिएको बस्तु पनि महँगो पर्न जान्छ जसले गर्दा अझै धेरै पैसा बाहिरिने गर्छ।

नेपाललाई डलरको भाउ बढ्दा रेमिट्यान्स र निर्यातमा केहि फइदा भएपनि आयात धेरै रहेकोले आयात हुने वस्तुको भाउ समेत महँगिने देखिन्छ। अहिले महंगी बढ्दै गएको अवस्थामा यसले झनै धेरै दबाव पर्ने भएको छ। डलर बलियो हुँदा राज्यले विदेशी दातृ निकायसँग लिएको ऋणको भार पनि बढ्ने भएको छ।

डलरको भाउ महंगो हुँदा पर्यटन क्षेत्र, निकासीकर्ता र रेमिट्यान्स रकम पठाउनेलाई मात्र फाइदा हुन्छ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।