डलरको भाउमा नयाँ रेकर्ड, आयात र बैदेशिक ऋणको भार झनै बढ्ने

Jun 23, 2022 12:14 PM Merolagani



डलरको भाउ निरन्तर बढ्दो क्रममा देखिएको छ। पछिल्लो समय एकपछि अर्को रेकर्ड बनाउदै आएको डलरको भाउ बढ्ने क्रम अझै रोकिएको छैन।

बिहीबार डलरको भाउमा नयाँ रेकर्ड कायम भएको छ। नेपाल राष्ट्र बैंकको अनुसार मंगलबार अमेरिकी डलरको भाउ १२५ रुपैयाँ ७२ पैसा पुगेको छ। यो हालसम्मकै उच्च दर हो।

रुस र युक्रेनबीच चर्किएको द्वन्द्वका कारण डलरको भाउ उच्च दरले बढ्दै गएको हो। रुस र युक्रेनको युद्धका कारण भारतीय रुपैयाँ कमजोर भएको छ। भारुसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर छ। यसले गर्दा भारु कमजोर हुँदा नेपाल नेपाली रुपैयाँ समेत कमजोर भएको हो।

पछिल्लो केहि दिन यता डलरको भाउ लगातार बढ्दै गएको छ। डलर महंगिएसँगै नेपाली रुपैयाँ कमजोर बन्दै गएको छ। नेपालीले १ डलर साट्नको लागि १२५ रुपैयाँ ७२ पैसा खर्च गर्नु पर्ने भएको छ।

डलरको भाउ महंगिदै जाँदा आयात भने झनै महँगो हुने देखिएको छ। पछिल्लो समय उच्च आयातको कारण विदेशी विनिमय सञ्चिति लगातार घट्दै गएको छ। आयातमा कडाइको बाबजुद बैशाखमा पनि आयात झनै बढेको छ।

आयातको परिमाण धेरै नबढेको भए पनि मूल्य बृद्धिको कारण आयातमा धेरै पैसा बाहिरिएको हो। पेट्रोलियम पदार्थको मूल्य उच्च दरमा बढेको छ भने अन्य बस्तुमा पनि महंगी बढेको छ।

आयात गर्दा आयातकर्ताले डलरमा भुक्तानी दिनुपर्ने हुन्छ। डलर महंगिदा आयात गरिएको बस्तु पनि महँगो पर्न जान्छ जसले गर्दा अझै धेरै पैसा बाहिरिने गर्छ।

नेपाललाई डलरको भाउ बढ्दा रेमिट्यान्स र निर्यातमा केहि फइदा भएपनि आयात धेरै रहेकोले आयात हुने वस्तुको भाउ समेत महँगिने देखिन्छ। अहिले महंगी बढ्दै गएको अवस्थामा यसले झनै धेरै दबाव पर्ने भएको छ। डलर बलियो हुँदा राज्यले विदेशी दातृ निकायसँग लिएको ऋणको भार पनि बढ्ने भएको छ।

डलरको भाउ महंगो हुँदा पर्यटन क्षेत्र, निकासीकर्ता र रेमिट्यान्स रकम पठाउनेलाई मात्र फाइदा हुन्छ।




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।