अपाचे र यामाहालाई टक्करदिन नेपाल भित्रिदै पल्सर एन १६०, यस्तो छ मूल्य र बिशेषता

Jun 25, 2022 06:27 PM Merolagani



नेपाली बजारमा बजाजका मोटरसाइकल यसैपनि लाकप्रिय छन् । १५० सीसी क्षमतादेखि ४०० सीसीसम्मका बजाजका मोटरसाइकल नेपाली बजारमा उपलब्ध छन ।

उच्च सीसीका मोटरसाइकल बिक्री हुने भएपनि १५० देखि २२० सीसीका मोटरसाइकल भने नेपालमा उच्च माग छ । यी मध्ये पनि दुई सय सेग्मेन्टका बाइक युवा पुस्ताले रुचाएको पाइन्छ ।

केहि महिना अघि भारतीय बजारमा २५० सीसीका पल्सर मोटरसाइकल सार्वजनिक भएको थियो । नेपालमा यी मोटरसाइकल दुई महिना भित्र ल्याउने तयारी छन ।

२५० सेग्मेन्टसँगै १६० एन ड्युअल च्यानल एबीएस सहित नयाँ डिजाइन र लुक्समा पल्सर एन १६० हालै भारतीय बजारमा सार्वजनिक भएको छ । 

नेपालमा पनि एन २०० र १६० को ठूलो बजार रहेको कारण यो मोटरसाइकल भारतीय बजारमा सार्वजनिक हुनु अर्थपूर्ण हिसाबमा हेरिएको छ ।

 

नेपालका लागि बजाज बाइकको आधिकारीक वितरक हंसराज हुलास प्रालिले भारतीय बजारमा सार्वजनिक भएको दुवै सेग्मेन्टका मोटरसाइकल ल्याउने तयारी गरिरहेको छ ।

कस्तो छ नयाँ एन १६० ?

खासगरी एन १६० अपग्रेड भएर नयाँ लुक्स र डिजाइनका साथ सार्वजनिक भएको छ । बजाजले एन २५० मा आधारित १६० सीसीको पल्सर एन १६० नेकेड स्पोटर््स बाइक हो ।

पल्सर एन १६० बाइकले टीभीएस अपाचे आरटीआर १६० ४ भी, यामाहा एफजेड र सुजुकी जिक्सरसँग प्रतिस्पर्धा गर्ने बताइएको छ ।

नयाँ पल्सर एन १६० सिंगल च्यानल एबीएस र ड्युअल च्यानल एबीएस गरी २ भेरिएन्टमा लन्च गरिएको छ । नयाँ पल्सर एन १६० को डिजाइन पल्सर एन २५० सँग मिल्दोजुल्दो छ ।

नयाँ पल्सर यूएसबी चार्जिङ पोर्ट, १४ लिटर फ्युल ट्याङकी, अलोय ह्विल, टेललाइट, स्प्लिट सिट र डिजी एनालग इन्स्ट्रयुमेन्ट क्लस्टर सहित बजारमा आएको छ ।

नयाँ च्यासिस र सेग्मेन्ट फर्स्ट ड्युअल च्वयानल एबीएस यो मोटरसाइकलको मुख्य बिशेषता हो ।

इन्जिन र पावर

नयाँ बजाज पल्सर एन १६० मा १६४.८२ सीसी, सिंगल सिलिन्डर इन्जिन प्रयोग गरिएको छ, जसले १६ बीएचपीको अधिकतम पावर र १४.६५ एनएमको अधिकतम टर्क जेनेरेट गर्छ ।

५ स्पड गियरबक्स जडान दिइएको ३०० एमएम फ्रन्ट डिस्क र सिंगल च्यानल भेरिएन्टमा २८० एमएम फ्रन्ट डिस्क यो मोटरसाइलमा उपलब्ध गराएको छ ।

कति पर्छ मूल्य ?

नयाँ पल्सर एन १६० सिंगल च्यानल एबीएस र ड्युअल च्यानल एबीएस गरी २ भेरिएन्टमा लन्च गरिएको छ ।

भारतीय बजारमा ड्युअल च्यानल एबीएसको पल्सर एनका मूल्य १ लाख २८ हजार भारु तोकिएको छ भने सिंगल च्यानल एबीएस भेरिएन्टको मूल्य १ लाख २३ हजार भारुमा तोकिएको छ ।

नेपाली बजारमा यो मोटरसाइल आउदा ३ लाख ५० हजार माथि नै हुने अनुमान गरिएको छ । नेपाली बजारमा सम्भवत नाडा अटो शो अघि नै आउने सम्भावना छ ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।