हकप्रद निष्काशन प्रयोजनार्थ ङादी ग्रुपले तोक्यो बुकक्लोज मिति

Jun 26, 2022 10:00 AM Merolagani



ङादी ग्रुप पावर लिमिटेड (NGPL) ले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ बुकक्लोज मिति तोकेको छ।

कम्पनीले १ बराबर १.५ अनुपातमा हकप्रद शेयर निष्काशन प्रयोजनार्थ असार २० गते एक दिनका लागि बुकक्लोज गर्न लागेको हो। यस अनुसार असार १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १५० प्रतिशतका दरले प्रतिकित्ता १०० अंकित दरका १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो।




एनआईसी एशिया बैंकले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

Jan 04, 2026 10:41 AM

एनआईसी एशिया बैंक लिमिटेड (NICA) ले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ।

बैंकले हाल कायम चुक्ता पूँजीको २ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न नेपाल राष्ट्र बैंकसँग अनुमति मागेको छ।