हकप्रद निष्काशन प्रयोजनार्थ ङादी ग्रुपले तोक्यो बुकक्लोज मिति

Jun 26, 2022 10:00 AM Merolagani



ङादी ग्रुप पावर लिमिटेड (NGPL) ले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ बुकक्लोज मिति तोकेको छ।

कम्पनीले १ बराबर १.५ अनुपातमा हकप्रद शेयर निष्काशन प्रयोजनार्थ असार २० गते एक दिनका लागि बुकक्लोज गर्न लागेको हो। यस अनुसार असार १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १५० प्रतिशतका दरले प्रतिकित्ता १०० अंकित दरका १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो।




वाणिज्य बैंकहरूको वित्तीय विश्लेषणः नबिल नाफामा अगाडि, एभरेस्टको लाभांश क्षमता उच्च

Aug 16, 2026 07:24 AM

नेपालमा सञ्चालनमा रहेको २० वटै वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०८२८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरिसकेका छन्। विवरण अनुसार वाणिज्य बैंकहरूको समग्र स्थितिमा निकै उतारचढाव देखिएको छ।