बजार बढ्दा कस्ता कम्पनी रोज्छन् लगानीकर्ता ? Z वर्गका १२ कम्पनीमा १० % को अपर सर्किट,पेनी स्टक सबैको रोजाई

Jun 26, 2022 07:04 PM merolagani

सुवास निरौला

आइतबार शेयर बजारले बढेर झण्डै सेन्चुरी मार्‍यो। आइतबार सूचकमा ९४.९२ अंकको उछाल देखियो। कारोबारमा आएका २१ कम्पनीले पुराका पुरा १० प्रतिशतको वृद्धि कायम गरे।

जुन शेयर बजारको प्राविधिक भाषामा अपर सर्किट हो। एक कारोबार दिनमा कुनै पनि कम्पनीको शेयर मूल्य १० प्रतिशत भन्दा बढी बढ्न वा घट्न पाउँदैन। जसलाई सर्किट भनिन्छ। घट्दा वा बढ्दा दुबैमा सर्किट लाग्ने नियम छ। यस अर्थमा आइतबार २१ कम्पनी अधिकतम बढे। त्यसभन्दा माथि उक्लिने ठाउँ थिएन।  

 

बजार बढ्यो। सबै लगानीकर्तामा खुसी देखिएको छ। तर जुन कम्पनीहरूका मूल्य बढेका छन्, त्यसले लगानीकर्ताको रोजाइ भने प्रस्ट्याएको छ। जति पनि अधिकतम बढेका कम्पनी छन्। धेरैजसो ‘जेड’ वर्गमा परेका कम्पनी छन्। १० प्रतिशतको अपर सर्किट लागेर बढेका २१ कम्पनीको सूचिमा १२ कम्पनी ‘जेड’ वर्गका छन्। अपर सर्किट लाग्ने कम्पनीको सूचिमा ‘ए’ वर्गका कुनै पनि कम्पनी परेका छैनन्। २१ कम्पनीको सूचिमा दुई कम्पनी ‘बि’ वर्गका छन् भने बाँकी ‘जी’ वर्गका छन्। नेपाल स्टक एक्सचेन्जले हरेक वर्ष सूचिकृत कम्पनीहरूको वर्गीकरण गर्छ। जुन वर्गीकरणको आधार यस प्रकार हुन्छ।

तल हेर्नुहोस् वर्गीकरणको आधार

वर्गीकरण अनुसार ‘ए’ वर्गमा परेका कम्पनी हाइली लिक्विड कम्पनी हुन्। उनीहरूको शेयर जुन सुकै बेला खरिद बिक्री हुन सक्छ। वित्तीय बजारमा अनुशासित र प्रतिफलयुक्त कम्पनीको रुपमा ‘ए’ वर्गमा परेका कम्पनीलाई लिन सकिन्छ। जुन शेयरमा जोखिम समेत कम हुन्छ।

त्यसैगरि ‘बि’ वर्गमा परेका कम्पनी चुक्ता पूँजीका हिसाबले थोरै कम भए पनि यिनीहरू पनि ‘ए’ वर्गकै हाराहारीमा आउँछन्। यो वर्गको शेयरमा गरिएको लगानीलाई पनि सुरक्षित नै मान्न सकिन्छ।

तर ‘जी’ र ‘जेड’ वर्गमा पर्ने कम्पनीमा लगानी गर्न कसैले पनि लगानीकर्तालाई प्रतिबन्ध लगाउन सक्दैन। तर लगानीकर्ताले नै त्यस्ता कम्पनीमा लगानी गर्नु पूर्व धेरैपटक सोच्नुपर्छ। अन्तर्राष्ट्रिय बजारसँग तुलना गर्ने हो भने ‘जेड’ वर्गमा पर्ने कम्पनीका शेयर पेनी स्टक हुन्। जुन स्टकमा पम्प एण्ड डम्पको सम्भावना बढी हुन्छ। कर्नरिङ पनि यिनै वर्गका कम्पनीमा हुने गर्छ। स्पेकुलेशनकालागि पनि यिनै स्टक सबैभन्दा बढी प्रयोग हुन्छन्। किनकि यी हाइ लिक्विड शेयर होइनन्। यिनीहरूको चुक्ता पूँजी कम हुन्छ। बजारमा थोरै शेयर हुन्छन्। जसले गर्दा २/४ करोड रुपैयाँले नै यी स्टकलाई सजिलै कर्नरिङ गर्न सकिन्छ। अर्को तर्फ यी स्टकको प्रतिफल त शून्य हुन्छ नै जोखिम पनि उत्तिकै बढी हुन्छ।

तर नेपाली शेयर बजारमा सबैभन्दा बढी मन पराइने स्टक यिनै हुने गरेका छन्। आइतबारको कारोबारले पनि यही पुष्टि गर्छ। नेपाल स्टक एक्सचेन्जमा सूचिकृत ‘जेड’ वर्गमा पर्ने शेयरको वर्चस्वकै कारण शेयर कारोबारमा यसले निक्कै ठुलो हलचल ल्याउँदै आएको छ। आइतबारकै कारोबारलाई हेर्ने हो भने आउने दिनमा शेयर बजार स्थिर हुने सम्भावना निक्कै न्यून छ। किनकि ‘जेड’ वर्गका कम्पनीमा आएको उछाल क्षणिक र निक्कै जोखिमयुक्त हुन्छ। यसले बजार पुन: पम्प गर्न थालिएकोको रुपमा लिन सकिन्छ। जुन आउने दिन कुनै पनि बेला डम्प हुन सक्छन्।

अर्को तर्फ माथिल्लो बिन्दुमा शेयर भिडाएर बसेका लगानीकर्ताको आँखामा पुन: यही वर्गका कम्पनी पर्न थालेका छन्। जसको मूल्य पछिल्लो समय ७० प्रतिशतसम्म घटेका थिए। ७० प्रतिशतसम्मको गिरावट झेलेका कम्पनी नै पुन: बजारमा सक्रिय हुनुले पनि पम्पर लगानीकर्तालाई माथि लैजान सजिलो बनाउँदै लगेको छ। जसमा आम सर्वसाधारण लगानीकर्ताले सघाउन थालेका छन्। उनीहरू भन्दा पहिले नै सर्वसाधारणले त्यस्ता शेयर बिक्री गरेर निस्कन सके उनीहरू पनि फाइदामा जान सक्छन्। तर उपरयुक्त समयमा निर्णय गर्न नसक्ने लगानीकर्ता भने पुन: फस्न सक्ने सम्भावनालाई भने नकार्न सकिँदैन।  

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।