दुई वर्षपछि वर्षा याममा ५० प्रतिशत विद्युत बढी हुन्छःऊर्जामन्त्री भुसाल

Jun 27, 2022 03:15 PM Merolagani



ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले दुई वर्षपछि वर्षा याममा ५० प्रतिशत विद्युत बढी हुने बताएकी छिन् । सरकारको तर्फबाट संघीय संसदमा पेश भएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा आफू नेतृत्वको मन्त्रालयसँग सम्बन्धित विषयमा राष्ट्रियसभा सदस्यहरुको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएकी हुन् ।

यसैगरी, आगामी दुई वर्षभित्र सबै नेपाली जनतामा भरपर्दो र गुणस्तरीय विद्युत सेवा पुग्ने बताएकी छिन् । उनले स्पष्ट कार्ययोजना बनाएर पूर्ण विद्युतीकरणका योजना बनाइ कार्यान्वयन गर्न लागिएको बताइन् ।

आफूले मन्त्रालय संहालेपछि मासिक २० युनीटसम्म विद्युत खपत गर्ने बिपन्न नागरिकलाई निःशुल्क विद्युत सेवा दिने र मिटर जडान गर्ने व्यवस्था मिलाएको जानकारी दिँदै उनले भनिन्, ‘देशभरका झन्डै ५२ लाख ग्राहकमध्ये करिब २६ लाख ग्राहकले यो सुविधा पाएका छन् ।’

मन्त्री भुसालले सिँचाइमा प्रयोग हुने विद्युतमा ७५ प्रतिशतसम्म सहुलियत दिने गरी प्रति युनिट २ रुपैयाँसम्म महशुल कायम गरिएको र विद्युतीय चुल्होको प्रयोगलाई प्रोत्साहन गर्न ग्राहस्र्थ वर्गको विद्युत महशुल कम गरिएको जानकारी दिइन् । उनले खानेपानी र सिँचाइमा डिमाण्ड शुल्क हटाइएको बताइन् ।

मन्त्री भुसालले भनिन, ‘खानेपानीतर्फ इनर्जी शुल्क करिब ५० प्रतिशतले घटाइएको छ । अधिकांश वस्तु तथा सेवाको मूल्य वृद्धि भई रहेको अवस्थामा विद्युत क्षेत्रमा विगत २ वर्षमा २ पटक गरी २० प्रतिशतले विद्युत महशुल घटाइएको निवेदन गर्दछु । विद्युत महशुलमा दिइएको छुट गत मङ्सिर १ गतेदेखि नै कार्यान्वयनमा आइसकेको छ ।’

विद्युत खपत बढाउन ग्राहकले क्षमता बृद्धिको माग गरेमा तत्काल बृद्धि गर्ने व्यवस्था गरीएको उल्लेख गर्दै उनले भनिन्, ‘उत्पादित विद्युत स्वदेशमै खपत हुन नसकेमा निर्यात गर्ने नीति लिइएको छ । सो अनुरूप वर्षाको समयमा बढी हुने ३६४ मेगावाट विद्युत छिमेकी देश भारतमा निर्यात भइरहेको छ ।’

सरकारले विद्युत खपत कार्ययोजना बनाई कार्यान्वयन गरेकै कारण यस वर्ष आन्तरिक विद्युतको खपत करिब २० प्रतिशतले बढेको जानकारी दिँदै मन्त्री भुसालले भनिन, ‘हाल प्रतिव्यक्ति वार्षिक विद्युत खपत ३ सय ३० युनिट रहेकोमा आगामी वर्ष उल्लेख्य मात्रामा बृद्धि गरिने छ ।’

उनका अनुसार आगामी आर्थिक वर्षदेखि हरेक वर्ष करिव ७ सयदेखि १ हजार मेगावाट विद्युत प्रणालीमा थपिँदै जानेछ । आउँदो दुई वर्षपछिका सुख्खायाममा समेत नेपालको विद्युतले नै आन्तरिक माग धान्ने तर वर्षा याममा भने उत्पादनको करिव ५० प्रतिशत विद्युत बढी हुनेछ ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।