इसेवा मनी ट्रान्सफर र युएईको लुलु इन्टरनेशनल एक्सचेञ्जबीच रेमिट्यान्स भुक्तानी सम्झौता

Jun 29, 2022 06:29 AM Merolagani



इसेवा मनी ट्रान्सफर र विदेशी मुद्रा एक्सचेन्ज तथा विश्वव्यापी मनी ट्रान्सफरको काम गर्दै आएको यु.ए.ई स्थित लुलु इन्टरनेस्नल एक्सचेन्जवीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । यस सम्झौतासँगै यु.ए.ईका प्रमुख स्थान अबुधाबी, दुबई र सारजाह लगायत यु.ए.ईका सातैवटा इमिरेट्समा बस्दै आएका नेपालीहरुले लुलु इन्टरनेस्नल एक्सचेन्जका मार्फत नेपालमा रेमिट्यान्स् पठाउन सकिनेछ ।

उनीहरुले युएइ भरी रहेका लुलुका ८४ वटा शाखा मध्ये कुनै पनि शाखामा गइ इसेवा मनी ट्रान्सफरको माध्यमबाट नेपाल पैसा पठाउन सक्ने छन् । यसका साथै, लुलु इन्टरनेशनल एक्सचेञ्जको मोबाइल एप (लुलु मनी) मार्फत पनि छिट्टै नेपालमा पैसा पठाउन सक्नेछन् ।

लुलु इन्टरनेशनल एक्सचेञ्जका शाखाबाट नेपालमा पैसा पठाउँदा, पठाउने व्यक्तिले ६० भन्दा धेरै बैंकका खातामा सिधै रकम पैसा पठाउन सकिनेछ भने ६० लाख भन्दा बढी प्रयोगकर्ता रहेको इसेवा वालेटमा पनि सोझै रकम पठाउन सकिनेछ । साथै लुलु इन्टरनेशनल एक्सचेञ्ज हुँदै यु.ए.ईबाट पठाएको रेमिट्यान्स्, नेपालका अधिकांश ठाउँमा रहेका इसेवा मनी ट्रान्सफरका १२, ००० भन्दा बढी रकम भुक्तानी केन्द्र तथा एक लाखा भन्दा बढी इसेवाका क्यास प्वाइन्ट मार्फत पनि रकम झिक्न सकिनेछ । यसका साथै, पठाएको नगद रेमिट्यान्स् भुक्तानी केन्द्रमा नगई सोझै इसेवा वालेटमा प्राप्त गरि अतिरिक्त ७७ रूपैयाँ बोनस रकम समेत प्राप्त गर्न सकिनेछ । यसैगरि हाल इसेवा मनी ट्रान्सफरको “रेमिटोत्सव” योजना चलिरहेको हुनाले युएई स्थित नेपालीहरुले लुलु इन्टरनेशनल एक्सचेञ्जबाट इसेवा मनी ट्रान्सफर मार्फत नेपाल रकम पठाई दैनिक ५,००० रूपैयाा तथा बम्परमा ५०,००० रूपैयाँ समेत जित्न सकिनेछ ।

रेमिट्यान्स् भुक्तानी सम्बन्धि सम्झौता पत्रमा इसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेस कोइराला र लुलु इन्टरनेस्नल एक्सचेन्जका सहायक प्रमुख थम्पी सुदर्शननले हस्ताक्षर गरेका थिए।

सम्झौता पछि इसेवा मनी ट्रान्सफरका सि.इ.ओ, अजेस कोइरालाले भने, “इसेवा मनी ट्रान्सफर र लुलु इन्टरनेशनल एक्सचेञ्जबीचको यस सम्झौताले यु.ए.ईबाट नेपाल रेमिट्यान्स् भुक्तानी सेवालाई थप सहजता प्रदान गर्ने सुनिश्चित छ । डिजिटल माध्यमबाट बैंक तथा इसेवा वालेटमा पनि पैसा पठाउन मिल्ने भएकाले धेरै जसो नेपालीहरुले लुलु एक्सचेन्ज बाट इसेवा मनी ट्रान्सफरमार्फत नेपाल पैसा पठाउने कुरामा हामी विश्वस्त छौँ” ।

लुलु इन्टरनेस्नल एक्सचेन्ज विदेशी मुद्रा एक्सचेन्ज र विश्वव्यापी मनी ट्रान्सफरको काम गर्दै आएको यु.ए.ई स्थित गैर बैंकिंग मुलक वित्तिय संस्था हो । यसका यु.ए.ई भर ८४ शाखा रहेका छन् भने प्रधान कार्यालय अबुधाबीमा रहेको छ । हाल यसले संसारका अधिकांश मुलुकमा विदेशी मुद्रा एक्सचेन्ज र मनी ट्रान्सफरको सेवा प्रदान गरिरहेको छ ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।