लुम्बिनी जनरल इन्स्योरेन्सको शेयरमूल्य समायोजन

Jun 29, 2022 10:48 AM Merolagani



लुम्बिनी जनरल इन्स्योरेन्सले लाभांश वितरण गर्न बुकक्लोज गरेसँगै कम्पनीको शेयरुमूल्य समायोजन भएको छ। नेपाल स्टक एक्सचेञ्जले बुधबार कम्पनीको शेयरमूल्य समायोजन गरी नयाँ मूल्य कायम गरेको हो।

नेप्सेले इन्स्योरेन्सले वितरण गर्न लागेको ९.५ प्रतिशत बोनश शेयरमा मूल्य समायोजन गरी प्रतिकित्ता ३७६ रुपैयाँ २६ पैसा नयाँ मूल्य कायम गरेको छ। मंगलबार कम्पनीको शेयर ४१२ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। 

बुधबार यही समायोजित मूल्यमा आधारित रहेर दोस्रो बजारमा कम्पनीको शेयर कारोबार हुने छ।




सहसचिव अमृत लम्साल बने नेप्सेको अध्यक्ष

Jun 16, 2026 07:13 PM

डेढ महिनादेखि नेतृत्वविहीन रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ अध्यक्ष पाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले  अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई नेप्सेको नेतृत्व सुम्पिएका हुन्।