सानिमा जनरल मर्जरमा जाने, आवश्यक प्रकृया पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान

Jun 29, 2022 04:28 PM Merolagani



सानिमा जनरल इन्स्योरेन्स (SGI) को विशेष साधारण सभा सम्पन्न भएको छ । आज असार १५ गते, बिहान १० बजे धुम्रबराह पार्टी प्यालेस धुम्बाराहीमा विशेष साधारण सभा सम्पन्न भएको हो ।

सभाले अन्य निर्जीवन बीमा कम्पनीसँग एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ ।

मर्जर तथा एक्वीजिसन प्रयोजनको लागि सम्झौता पत्रमा हस्ताक्षर गर्न, चल अचल सम्पती र दायित्व मूल्यांकन गर्नको लागि मान्यता प्राप्त मूल्यांकनकर्ता नियुक्ती गर्न नीजको पारिश्रमिक तोक्न लगायतको मर्जर सम्बन्धी समुर्ण अन्य आवश्यक प्रकृया पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको हो ।




'बालेनले प्रचण्डसँग सहकार्य गरेर अघि बढ्ने'

Mar 24, 2026 05:17 PM

राष्ट्रिय जनमोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कम्युनिष्ट पार्टीसँग सहकार्य गरेर अघि बढ्ने सम्भावना रहेकाे बताएकाे छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले उक्त बिषयकाे खुलासा गरेका हुन्।