नागरिक स्टक डिलरलाई थप कम्पनीहरुको कारोबार गर्न नेप्सेको स्वीकृति

Jun 29, 2022 06:14 PM Merolagani



नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नागरिक स्टक डिलरलाई थप सूचीकृत कम्पनीहरुको शेयर कारोबार गर्न अनुमति दिएको छ । स्टक डिलरले थप सूचीकृत कम्पनीहरुको कारोबार गर्न अनुमति मागे पछि नेप्सेले स्वीकृति प्रदान गरेको हो ।

धितोपत्र व्यापारी (स्टक डिलर) कार्य सञ्चालन सम्बन्धी कार्यविधि, २०७७ को परिच्छेद २, बुँदा नं. ३ बमोजिम कम्पनी छनौट गरी कारोबार गर्न अनुमति प्रदान गरिएको नेप्सेले जनाएको छ ।

कार्यविधि अनुसार स्टक डिलरले विगत ३ वर्षदेखि नाफामा रहेको, लगानीकर्ताहरुको संख्या कम्पनीमा १० हजार रहेको, चुक्ता पूँजी २० करोड रुपैयाँ भन्दा बढी भएको र १ वर्षको कारोबार दिनमध्ये कम्तिमा ८० प्रतिशत दिनमा कारोबार भएको कम्पनी हुनु पर्नेछ ।

स्टक डिलरले आफुले कारोबार गर्न चाहेको कम्पनीको सूची बनाएर नेप्सेमा पेश गर्नुपर्दछ । स्टक डिलरले पेश गरेको सूचीकृत कम्पनीहरुको सूचीको आधारमा नेप्सेले आवश्यक देखेमा हेरफेर गरेर कारोबार गर्न अनुमति प्रदान गर्न सकिने व्यवस्था छ ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।