डलरको भाउमा बिहीबार पनि नयाँ रेकर्ड, १ डलर किन्न १२६ रुपैयाँ ६५ पैसा खर्च गर्नुपर्ने

Jun 30, 2022 10:51 AM Merolagani



डलरको भाउ निरन्तर बढ्दो क्रममा देखिएको छ। बढ्दो क्रममा रहेको डलरको भाउले बिहीबार पनि बढेर नयाँ उचाइ छोएको छ।

नेपाल राष्ट्र बैंकको अनुसार बिहीबार अमेरिकी डलरको भाउ १२६ रुपैयाँ ३४ पैसा पुगेको छ। यो हालसम्मकै उच्च दर हो। नेपालीले १ डलर साट्नको लागि १२६ रुपैयाँ ६५ पैसा खर्च गर्नु पर्ने भएको छ।

बुधबार अमेरिक डलरको भाउ १२६ रुपैयाँ ३४ पैसा थियो। पछिल्लो केहि दिन यता डलरको भाउ लगातार बढ्दै गएको छ। डलर महंगिएसँगै नेपाली रुपैयाँ कमजोर बन्दै गएको छ।

रुस र युक्रेनबीच चर्किएको द्वन्द्वका कारण डलरको भाउ उच्च दरले बढ्दै गएको हो। ती दुइ मुलुकको युद्धका कारण भारतीय रुपैयाँ कमजोर भएको छ। भारुसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर छ। यसले गर्दा भारु कमजोर हुँदा नेपाल नेपाली रुपैयाँ समेत कमजोर भएको हो।

डलरको भाउ महंगिदै जाँदा आयात भने झनै महँगो हुने देखिएको छ भने राज्यले विदेशी दातृ निकायसँग लिएको ऋणको भार पनि बढ्ने भएको छ। डलरको भाउ महंगो हुँदा पर्यटन क्षेत्र, निकासीकर्ता र रेमिट्यान्स रकम पठाउनेलाई मात्र फाइदा हुन्छ।




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।