एनआईसी एशिया बैंकमा निक्षेपकर्ताले निक्षेप रकमको १० गुणासम्म रकम पाउने

Jun 30, 2022 12:16 PM Merolagani



एनआईसी एशिया बैंक(NICA)ले असार १२ गते देखि निक्षेप रकमको १० गुणा रकम फिर्ता हुने उच्च ब्याजदर सहितको ‘एनआईसी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ सार्वजनिक गरेको छ । यी योजना व्यक्तिगत, संस्थागत एवं रेमिन्टास ग्राहक लक्षित गरि ल्याइएका हुन् ।

हाललाई छोटो अवधिसम्म लागू हुने यो योजनामा निक्षेपकर्ताहरुले ५ वर्ष १० महिना देखि १९ वर्ष १० महिनासम्म मुद्दती खातामा रकम जम्मा गरे अनुसार डबल देखि १० गुणासम्म निक्षेप रकम फिर्ता पाउनेछन् । निक्षेपकर्ताहरुले आफूले निक्षेप गरेको रकमको ८० प्रतिशत बराबर रकम कर्जा समेत लिन सक्नेछन् । योजनाहरु निम्नानुसार तालिकामा देखाइएको छ ः

योजना            व्याक्तिगत                      संस्थागत                                रेमिन्टास
२ गुणा     ६ वर्ष ४ महिना २५ दिन    ७ वर्ष २ महिना २७ दिन            ५ वर्ष १० महिना १४ दिन
३ गुणा    १० वर्ष २ महिना १४ दिन      ११ वर्ष ८ महिना ९ दिन             ९ वर्ष ४ महिना १०  दिन
४ गुणा    १२ वर्ष ११ महिना २ दिन       १४ वर्ष १० महिना २९ दिन         ११ वर्ष १० महिना ७ दिन
५ गुणा    १५ वर्ष ० महिना १३ दिन       १७ वर्ष ५ महिना ९ दिन            १३ वर्ष ९ महिना १५ दिन
६ गुणा    १६ वर्ष ९ महिना ६ दिन        १९ वर्ष ६ महिना ७ दिन            १५ वर्ष ४ महिना १७ दिन
७ गुणा    १८ वर्ष २ महिना २४ दिन      २१ वर्ष ३ महिना १३ दिन           १६ वर्ष ८ महिना २१  दिन
८ गुणा    १९ वर्ष ६ महिना १ दिन         २२ वर्ष ९ महिना २६ दिन          १७ वर्ष १० महिना २० दिन
९ गुणा     २० वर्ष ७ महिना १५ दिन      २४ वर्ष २ महिना ५ दिन            १८ वर्ष ११ महिना  १ दिन
१० गुणा    २१ वर्ष ७ महिना १७ दिन     २५ वर्ष ४ महिना २३ दिन          १९ वर्ष १० महिना  २ दिन




दुई कुराबाट टाढा रहने ऊर्जामन्त्री घिसिङको घोषणा

Sep 15, 2025 03:43 PM

नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेसँगै एक सशक्त सन्देश दिएका छन्। उनले मन्त्रीको हैसियतमा कुनै तलब, भत्ता, सुरक्षालगायत सेवा-सुविधा नलिने घोषणा गरेका हुन्।