यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा २८.८० प्रतिशतले धेरै हो ।
गत आर्थिक वर्षको जेठ मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरुले २६ अर्ब ५२ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए ।
कुल बीमा शुल्क आर्जनमा शिखर इन्स्योरेन्सले आफ्नो अग्रतालाई कायमै राख्न सफल भएको छ । चालु आर्थिक वर्षको जेठसम्ममा शिखरले सबैभन्दा धेरै ४ अर्ब ४० करोड ६३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यो निर्जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमाशुल्कको १२.९० प्रतिशत हो ।
शिखर इन्स्योरेन्सले गत आर्थिक वर्षको यस अवधिसम्ममा ३ अर्ब ४६ करोड रुपैयाँ मात्रै कुल बीमाशुल्क आर्जन गरेको थियो ।
कुल बीमाशुल्क आर्जनमा शिखर पछि सगरमाथा इन्स्योरेन्स रहेको छ । सगरमाथाले यस अवधिमा २ अर्ब ७९ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यस्तै नेको इन्स्योरेन्सले २ अर्ब ६१ करोड रुपैयाँ, सिदार्थ इन्स्योरेन्सले २ अर्ब २४ करोड रुपैयाँ र एनएलजी इन्स्योरेन्सले २ अर्ब १० करोड रूपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
यसैगरी हिमालयन जनरल, प्रिमियर इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी, युनाइटेड इन्स्योरेन्स, अजोड इन्स्योरेन्स, ओरेन्टल इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, आइएमइ जनरल, प्रभु इन्स्योरेन्स, लुम्बिनी जनरल, एभरेष्ट इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सको कुल बीमाशुल्क पनि एक अर्ब माथि रहेको छ ।
सबैभन्दा कम बीमा शुल्क आर्जन गर्नेमा भने नेशनल इन्स्योरेन्स रहेको छ । नेशनलले यस अवधिमा ८० करोड १५ लाख रुपैयाँ मात्रै बीमाशुल्क आर्जन गरेको छ । यो निर्जीवन बीमा कम्पनहिरुले आर्जन गरेको कुल बीमाशुल्कको २.३५ प्रतिशत मात्रै हुन आउँछ ।

सानिमा जनरलले उल्लेख्य व्यवसाय बढाउँदा नेशनलको सबै भन्दा कम
कुल बीमाशुल्क आर्जनको आधारमा शिखर पहिलो बन्दा व्यवसाय बढाउनेमा भने सानिमा जनरल इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सानिमाले यस अवधिमा सबैभन्दा धेरै ६१.९४ प्रतिशतले बीमाशुल्क बढाउदै ९० करोड ६८ लाख रुपैयाँ पुर्याएको छ ।
गत आर्थिक वर्षको यही अवधिमा सानिमाले ५६ करोड रुपैयाँ मात्रै बीमाशुल्क आर्जन गरेको थियो ।
यस्तै, हिमालयन जनरल इन्स्योरेन्सले पनि बीमाशुल्क ५२.७२ प्रतिशतले बढाएर १ अर्ब ८७ करोड ८४ लाख रुपैयाँ पुर्याएको छ । युनाइटेड इन्स्योरेन्सको बीमाशुल्क पनि ४५.२६ प्रतिशतले बढेर १ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ ।
सबैभन्दा कम बीमा शुल्क बढाउनेमा भने नेशनल इन्स्योरेन्स रहेको छ । नेशनलको बीमाशुल्क २.३५ प्रतिशतले मात्रै बढेर ८० करोड १५ लाख रुपैयाँ पुगेको छ ।
गत आर्थिक वर्षको यही अवधिमा कम्पनीले ७९ करोड रुपैयाँ मात्रै बीमाशुल्क आर्जन गरेको थियो ।
चालु आर्थिक वर्षको जेठसम्ममा २० वटा निर्जीवन बीमा कम्पनीहरुले २५ लाख १७ हजार ३१५ वटा बीमालेख जारी गरी ३४ अर्ब १५ करोड ८८ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका हुन् ।