शेयर बजारमा निरन्तर उच्च अंकको सुधारले लगानीकर्ता उत्साहित, ‘बैंकलाई साँवा र ब्याज बुझाउने चाप’ सकिएकै हो ?

Jun 30, 2022 06:15 PM Merolagani



पछिल्लो समय शेयर बजारमा निरन्तर सुधार आएको छ । बिहीवार पनि नेप्से करिव ७५ अंकले बढेको छ । घटेर १८०६ अंकमा आइपुगेको नेप्से अहिले फरि निरन्तर उकालो लागेर २०३७.६४ अंकमा पुगेको छ ।

गत वर्षको भदौ २ गते करिव ३२ सय नजिक पुगेको शेयर बजार बिहीवार २ हजार अंक माथि पुगेको छ । बजार बढ्न थालेपछि लगानीकर्तामा खुशी छाएको छ । नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष राजन लम्सालले सामाजिक सञ्जाल फेसबुकमा ‘टिक्न सक्नुपर्छ, घुमी फिरी दिन आउँछ,’ भनेका छन् ।

अहिले नेप्से आराम गर्दै माथि जादै छ । बजारले फाउन्डेशन बनाउँदै माथि जाने गर्छ । त्यसैको तयारीमा शेयर बजार अहिले छ ।

शेयर बजार अहिले आराम गर्दै माथि जाने क्रममा रहेको एक लगानीकर्ताले बताए । ‘बजार बढेको बढै गर्दैन, थकाइ मार्दै अगाडि बढछ,’ उनले भने ।

 नेप्से निरन्तर घटेर १८०६ अंकमा आउनुलाई केहीले बैंकको ब्याजदर तिर्नका लागि शेयर बिक्री गरेका कारण शेयर बजार घटेको भन्ने गर्छन् । तर त्यसको प्रभाव सकिएको संकेत नेप्सेले अहिले दिएको छ ।

कतिपय लगानीकर्ताहरुले असारमसान्तमा बैंकको ब्याज बुझाउनु पर्ने भएकाले शेयर बिक्री गर्न थाल्दा बजारमा उच्च गिरावट आएको बताउँदै आएका छन् । नेपाल राष्ट्र बैंक ४÷१२ कारोड नीति ल्याएपछि शेयर बजार ओरालो लाग्दै आएको थियो । तर, लगानीकर्ताले त्यसलाई सजिलै ‘सेटल’ गर्न पुगेकाले पुनः शेयर बजार बढ्न पुगको हो ।

असार मसान्तमा ऋणको किस्ता र त्यसको ब्याज बुझाउनका लागि नेप्से ओरालो लाग्न पुगेपनि असार १५ पछि बजार बढन लागेको हो ।

‘केही दिन अघिसम्म बैंक तथा वित्तीय संस्थाबाट लिइएको ऋणको किस्ता र ब्याज भुक्तानी गर्नका लागि शेयर बिक्री गर्न थाल्दा शेयर बजार ओरालो लाग्न पुगेको थियो,’एक लगानीकर्ताले भने, ‘ऋणको ब्याज भुक्तानी गरिसकेपछि फेरि शेयर बजार बढन थालेको हो ।’

बैंक तथा वित्तीय संस्था साउनदेखि धमाधम वित्तीय विवरण सार्वजनिक गर्न थाल्ने, चालु आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाले कमाएको नाफाको हिस्साबाट लाभांश वितरणको सहजै आकंलन गर्न सकिने र साउनदेखि पुनः शेयर धितोमा राखेर कर्जा लिन थालेपछि बजार अझै उकालो लाग्ने लगानीकर्ताको भनाइ छ ।

साउनको पहिलो सातादेखि बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरण आउने छ । उनीहरुले सार्वजनिक गर्ने वित्तीय विवरणमा अधिकांश बैंक तथा वित्तीय संस्थाको नाफा उल्लेख रुपमा बढने निश्चित छ । त्यसपछि शेयर बजार बढने लगानीकर्ताले अनुमान गरेका छन् ।

त्यसैगरी, असारमा विकास निर्माण गति लिने र बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) अझै बढने छ । बैंकमा त्यस्तो रकम आएपछि कर्जाको ब्याजदर केही घटने अनुमान गरिएको छ ।

साउनदेखि नयाँ कर्जा लिनेले पनि कम ब्याजदरमा ऋण पाउने र त्यस्तो रकम शेयर बजार आउने भएकाले पनि नेप्से उकालो लाग्ने अनुमान गरिएको छ ।

साउनदेखि अझै शेयर बजार बढने अनुमान गरिएकाले लगानीकर्तामा खुशीयाली छाएको छ । गत भदौदेखि शेयर लगानीकर्ताका लागि दुखका दिन सुरु भएपनि असार १५ देखि सुखद दिनको सुरुवात भएका छन् ।

गत वर्षको भदौदेखि लुटिएको खुशी असारदेखि अन्त्य भएको र आगामी दिनमा लगानीकर्तामा अझै खुशीयालीको बहार आउने अनुमान गरिएको छ ।

असार १५ देखि नै शेयर बजारका लागि सुभ रहने अनुमान लगानीकर्ताले गरेका थिए । अहिले २ हजार अंकभन्दा माथि पुगेकोे नेप्से अझै उकालो लाग्ने अनुमान गरिएको छ । लगानीकर्ताको हराएको खुशी मध्य असारदेखि नै देखिन थालेकोले लगानीकर्तामा उत्साह छाएको छ




दुई कुराबाट टाढा रहने ऊर्जामन्त्री घिसिङको घोषणा

Sep 15, 2025 03:43 PM

नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेसँगै एक सशक्त सन्देश दिएका छन्। उनले मन्त्रीको हैसियतमा कुनै तलब, भत्ता, सुरक्षालगायत सेवा-सुविधा नलिने घोषणा गरेका हुन्।